बाँके:बैजनाथ गाउँपालिका ६ ईमिलिटाेलमा गत एक बर्षदेखि समुयेल पशुपंक्षि फर्म संन्चालनमा ल्याएर धर्मराज बटाला र गंगा बटालाले आफ्नो परिवारको खर्च चलाउँदै आएका छन्,भने किसान पहिचान गर्न घर घरमा स्थानीय बैजनाथ गाउँपालिका अध्यक्ष शाही पुग्ने गरेका छन् ।
बटाला परिवारले ब्यवसायीक भैसी पालन शुरु गरेको १ बर्ष पुरा भयो। उनले १७ कठ्ठा जग्गा लिजमा लिएर भैसी फर्म संन्चालन गरेका छन् । दैनिक २० लि दुध उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । स्थानीय सरकारले लिजमा लिएको जग्गाको भाडा मात्र तिरिदिए आफुले अझै दुहुनो (माउ)भैसि वृद्धि गरेर १० वटा सम्म पुर्याउने उदेश्य रहेको उनले बताए । यसरी स्थानीय कृषक कृषि तथा पशुपालनमा आक्रसन बनाउन बैजनाथ सरकारले “किसानसँग पालिका प्रमुख”कार्यक्रम अन्तर्गत ठुलो भोलममा बाजेको समेत ब्यवस्थापन गरेको छ।
उत्पादनमा जोडिएका किसानलाई पहिचानको आधारमा वर्गीकरण गरेर अनुदान सहयोग गरेर कृषि उत्पादन र पशु पालन लाई प्रोत्साहन गर्न सके अन्डा माछा मासु दुध र अन्न उत्पादन प्रसस्त गरेर बैजनाथलाई आत्मनिर्भर बनाउने स्थानीय सरकारको उदेश्य भएको बैजनाथ ६ का वडा अध्यक्ष भुपाल पुन मगरले बताउनुभयो ।