सरोज : कुनै पनि ब्यक्ति, विधि, सस्था वा प्रसाशनिक संगठनलाई सामुहिक रूपमा सफलता प्राप्त गर्न प्रोत्साहन गर्न एबम एकताबद्ध गर्दै विभिन्न सङ्कटबाट मुक्त गर्न सक्ने क्षमता योग्यता नै नेतृत्व हो। निर्धारित लक्ष्य सम्म पुग्न र अपेक्षित उद्देश्य प्राप्त गर्न, सस्था होस या प्रशासनिक संघसंगठनलाई सधै चलाएमान एवं प्रोत्साहन गर्ने एक गतिशील तत्व हो नेतृत्व । नेतृत्व एक कठिन जिम्मेवारी पनि हो। नेतृत्व एक अनुशासन पनि हो। आफू संगै अरुलाइ पनि बिजय गराउन सक्ने क्षमता नै वास्तविक नेतृत्व हो। तसर्थ कुनै पनि ब्यक्ति, संस्था वा प्रशासनिक संघसंगठनलाई सफल र अनुशासित बनाउन एक असल नेतृत्वको जरुरत पर्दछ। एक निडर नेताको जरुरत पर्दछ। एक कमरेडको जरुरत पर्दछ।
त्यस्तै एक सफल नेतृत्व एवं कुलमान घिसिङ : एक सफल नेतृत्वनिडर ब्याक्तित्व हुन तल्कालै कार्यकाल समाप्त भएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ। वि. स. २०२७ मङ्सिर १० गत्ते रामेछाप जिल्लामा जन्मिएका कुलमान घिसिङ ४ वर्षको छोठो कर्यकालमा नै सम्पुर्ण नेपालीहरुको मन मुटुमा बस्न सफल एक कर्मचारी हुन। वि. स. २०७३ सालमा नेपाल विद्युत प्राधिकरणको प्रबन्धकमा नियुक्ति भएका कुलमान घिसिङले आफ्नो छोटाे कार्यकालमा नै प्राधिकरण भित्र थुप्रै ऎतिहासिक सुधार गरि रास्ट्रलाई नै उर्जा क्षत्रमा आत्मनिर्भर बनाउन सफल भए। कुलमान घिसिङ नेपालमा बिद्द्मान १८ घन्टा लामो लोडसेडिङ हटाउने उज्यालो नेपाल अभियानका अभियन्ता हुन्। प्राधिकरण भित्रको ज्यादती, भ्रष्टाचार एवं कालो बजारी, कर्मचारी तन्त्र विरुद्ध खरो उत्रेका कुलमान घिसिङले ९ अरब घाटामा रहेको नेपाल विद्युत प्राधिकरण डेढ अरब मुनाफामा ल्याई रास्ट्रलाई नै आर्थिक रुपमा सहयोग पुर्याए। नियुक्ति भएको २ महिनापछि अर्थात वि. स . २०७३ कार्तिक १४ गते देशको राजधानी काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने परिक्षण बाट सफल भएका कुलमानले वि. स. २०७३ चैत १ गते सम्पुर्ण नेपाल देशलाई नै लोडसेडिङ मुक्त रास्ट्र बनाइदिए। जुन यो एउटा इतिहासको परिवर्तन थियो। दसौं वर्षदेखि हुन नसकेको लोडसेडिङ अन्त्य गरेर सम्पुर्ण नेपाली जनताको मनमा बस्न सफल कुलमानले विद्युत र अन्य थुप्रै एेतिहासिक सुधारहरु गरेका छन्।हाइड्रोपावर निर्माणले द्रुतगति लिए उद्योग कलकारखाना हरु नियमित संचालनमा आए। अदभूत नेतृत्व क्षमता भएका घिसिङ आफै १२ घन्टा काममा खटिने गर्थे। यसरी प्रत्येक्ष वा अप्रत्यक्ष रूपमा रास्ट्रलाई योगदान पुर्याएका कुलमान घिसिङ एक सफल नेतृत्वका परिमुर्ती हुन। कुलमान घिसिङ एक ब्यक्ति मात्र नभएर एक ब्रान्ड हुन। उनको अदभूत नेतृत्व क्षमता अनुशासन र कडा मेहनतका कारणनै आज देश लोडसेडिङ मुक्त बनेको हो।
तर दुर्भाग्यवश यही महिना उनको कार्यकाल सकिएको छ र पुनर्बहाली को लागि जनता सडक सम्म उत्रिएका छन । नेपाल सरकार भने उनलाई पुनर्बहाली गर्न टाउको कनाइरहेको छ। छोटो समयमा नै प्राधिकरण भित्रको भ्रष्टाचार ज्यादतीलाई निर्मुल पारेर रास्ट्रलाई ठुलो योगदान पुर्याएका एक स्व्च्छ छवि भएका असल कर्मचारीलाई सरकारले पुरस्कृत गरि हौसला दिदै पुनः जिम्मेवारी सुम्पिनु पर्नेमा उल्टो कार्यकाल समाप्त भयो अब नयाँले अबसर पाउनु पर्छ भन्दै टीका टिप्पणी गर्नु, र विधि बिधानले मान्दैन भन्नुमा सरकारको नियत नै धमिलो देखिएको छ। जनता को माग को सम्मान नगरेर सरकारले आफ्नो गैर जिम्मेवार चरीत्रको प्रदर्शन गरिरहेको छ। निरुङ्कुस शासन पद्धतिको अभ्यास गरिरहेको छ। सरकार कम्युनिस्टहरुको छ, सरकार नेपालि जनताको हो, सरकार लोकतान्त्रिक रास्ट्रको हो र सरकार जनसेवामुखी हुनुपर्दछ। जनताको आवाजको सम्बोधन गर्नु पर्दछ, जनताको माग को सम्मान गर्नु पर्दछ। नत्र त राजतन्त्र र लोकतान्त्रमा अन्तर के नै रह्यो र?
तर्सथ जनताको माग कुलमान घिसिङको पुनर्बहाली हो। एक कुसल नेतृत्वको हो । एक इमानदार कर्मचारी को हो । विधि र बिधानहरुले मान्दैन भन्नू लोकतान्त्रिक मुलुकमा लोकतन्त्रको नै खिल्ली उडाउनु हो। जनताको माग नै सब भन्दा थुलो बिधि हो। शासन हो।
अन्तमा कुलमान जस्तो कुसल नेतृत्व को खाचो नेपाल को राजनिती जस्तो संबेदनसिल क्षत्रमा समेत देखिएको छ। हरेक क्षेत्रमा कुलमान जस्तो इमानदार कर्मचारी को खाचो छ । असल नेतृत्वको खाचो छ। कुलमान घिसिङ बाट सबै क्षेत्रका ब्यक्तिहरुले सिक्न जरुरी छ।