Monday, November 25, 2024
spot_imgspot_img
HomeUncategorizedकुशेमा मदिरा बन्द सूचना दिनेलाई २०% कमिसन

कुशेमा मदिरा बन्द सूचना दिनेलाई २०% कमिसन

जाजरकोट:कुशे गाउँपालिका ले गत छ महीना देखि मदिरा निषेधित क्षेत्र घोषणा गरेर जाँडरक्सी सेवन गर्ने स्थानीयलाई पहिलोपटक रु २ हजार कर्मचारीलाई रु ३ हजार र होटेल मालिकलाई रु ५ हजार जरीवाना गर्दै आएको छ।

जाँडरक्सी सेवन प्रतिबन्ध गरेको कुशे गाउँपालिकाले सूचना दिने ब्यक्तिलाई कमिसन दिने गरेको पालिका अध्यक्ष हरिशचन्द्र बस्नेतले बताउनुभयो ।

कुशे गाउँपालिकामा मदिरा सेवन निषेध र ओसारपसार गरेको सूचना दिएमा स्थानीय सरकारले जरीवाना रकमको २०% कमिसन दिने गरेको छ। यसरी सूचना दिँदा घरेलु कुनैपनि प्रकारको मदिरा सेवनको कारण स्थानीय नागरिकले अनाहकमा ज्यान गुमाउनु परेकोले स्थानीय सरकारले प्रतिबन्ध लगाएको हो। लाईसेन्स प्राप्त कोल्ड स्टोरले समेत खरिद बिक्रि गर्न रोक लगाईएको छ भने मदिराको लाईसेन्स खारेज गर्ने ब्यापारीलाई कर छुट गरेको छ भने आन्तरिक राजश्वमा लाग्ने कर बराबरको रकम स्थानीय सरकार ब्यापारीलाई उपलब्ध गराउने गरेको स्थानीय सरकार प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments