Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियकुशेमा विकास माग्दै मन्त्रालयमा डेलिकेशन

कुशेमा विकास माग्दै मन्त्रालयमा डेलिकेशन

कोहलपुर २१ साउन

जाजरकोटको कुशे गाउँपालिमा विकास र समृद्धि माग्दै एक टोली संघीय राजधानी काठमाडौ पुगेको छ । माओवादी केन्द्र जाजरकोट इन्चार्ज हरिभक्त नेपाली नेतृत्वको टोलीले अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकर लाई भेटेर कुशे गाउँपालिकामा विकास र स्वरोजगारको माग गरेका छ्न ।
डेलिकेशन टोलीको मागलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले
“हाम्रो पसिना हाम्रो पौरख हाम्रो माटोमा हाम्रो गौरव” भन्ने मुल नारा सहित वैदेशिक रोजगारमा जाने युवाहरूलाई रोक्न युवाहरूका लक्षित कार्यक्रम ल्याउन थालिएको र सो कार्यक्रमले विदेश पलायन हुने युवाहरूलाई रोकेर स्थानीय विकास निर्माणमा रोजगारी सृजना गर्ने बताए ।

अर्थ मन्त्री जनार्दन शर्मा ( प्रभाकर) ले जाजरकोट जिल्लाको कुशे गाउँपालिका लाई विकासको यात्रामा लैजाने योजना सहित अघि बढेको बताए । माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जाजरकोट जिल्ला ईन्चार्ज रामदिप आचार्यको पहल र समन्वयमा हरिभक्त नेपालीको नेतृत्वमा विरेन्द्र राज सुनार,हरिचन्द्र जैसी,मोहित बि क,नमुना पुन, बिकाश रोकाय,नर बहादुर मल्ल,बबिता चनारा रामचन्द्र शर्मा लगायतको सहभागीता रहेको थियोे ।

RELATED ARTICLES

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments