कुशेमा शैक्षिक सुधारका लागी भौतिक संरचना निर्माण
जाजरकोट ,११ फागुन
जाजरकोट जिल्ला कुशे गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि यहाँ भौतिक संरचनामा निर्माण लाई जोड दिइएको छ । खानेपानी , शौचालय र विद्यालय भवन निर्माण गरी विद्यार्थीहरुका लागी अपाङ्गमैत्री बालमैत्री संरचना निर्माण गर्न स्थानीय पालिकाको सहकार्यमा सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियान सहयात्रा दोश्रो परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याएको छ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग , पहाडी क्षेत्र विकास अभियानको सहयात्रा दोस्रो परियोजना र कुशे गाउँपालिकाको संयूक्त लगानीमा उक्त संरचना निर्माण गरिएको हो । बालबालिकाहरुलाई सुरक्षित शान्त वातावरणमा गुणस्तरिया शिक्षा दिनका लागि भौतिक संरचना निर्माण अभियानका बरिष्ठ कार्यक्रम संयोजक रत्नबहादुर डाँगीले जानकारी दिनुभयो ।
सन् २०१९ बाट सुरु भएको उक्त सहकार्य परियोजनाले सन् २०२२ सम्म कुल ५ वटा विद्यालयका भवन निर्माण गरेको छ। निर्माण भएका विद्यालयहरुमा वडा नम्वर ३ मा २ वटा , वडा नम्वर ५ मा १ वटा र वडा नम्वर ६ मा २ वटा रहेका छन् । त्यस्तै उक्त परियोजनले विद्यालय मर्मत समेत गरेको बताएको छ । वडा नम्वर १ मा १ वटा , वडा नम्वर २ मा १ , वडा नम्वर ३ मा १ वटा , वडा नम्वर ४ मा ४ वटा , वडा नम्वर ५ मा २ वटा , वडा नम्वर ६ मा २ वटा र वडा नम्वर ८ मा २ वटा विद्यालय मर्मत गरी भौतिक तथा शैक्षिक अवस्था सुधार बनाएको अभियानका शिक्षा संयोजक अरुण पाठकले जानकारी दिनुभयो।
त्यसैगरी कुशे गाउँपालिका भित्र व्यवस्थित , सुरक्षित अपाङ्गमैत्री र बालमैत्री शौचालय १७ वटा निर्माण गरिएको छ । वडा नम्वर २ मा १ , वडा नम्वर ३ मा १ वटा , वडा नम्वर ४ मा ३ वटा , वडा नम्वर ५ मा ४ वटा , वडा नम्वर ६ मा ३ वटा , वडा नम्वर ७ मा १ वडा नम्वर ८ मा ३ वटा र वडा नम्वर ९ मा १ वटा निर्माण भएको पाठकले बताउनुभयो ।
त्यस्तै विद्यालयमा बालमैत्री शुद्ध पिउने पानीको धाराहरु समेत निर्माण गरिएको छ । वडा नम्वर १ मा ३ वटा,वडा नम्वर ३ मा २ वटा,वडा नम्वर ४ मा २ , वडा नम्वर ५ मा ५ वटा , वडा नम्वर ६ मा १ वटा , वडा नम्वर ७ मा ३ वटा , वडा नम्वर ८ मा २ वटा र वडा नम्वर ९ मा १ वटा बालमैत्री पानीको धारा निर्माण गरिएको छ ।
विद्यालयको भित्री भाग मर्मत तथा व्यवस्थापन समेत गरिएको छ । विद्यार्थीलाई शैक्षिक सिकाई सहज बनाउने उदेश्यका साथ भवन मर्मत तथा भित्री भाग शैक्षिक व्यवस्थापन गरिएको हो । वडा नम्वर १ मा १ वटा , वडा नम्वर ४ मा १ वटा , वडा नम्वर ६ मा १ वटा , वडा नम्वर ८ मा १ वटा र वडा नम्वर ९ मा २ वटा गरी जम्मा ६ वटा विद्यालयमा भित्री मर्मत तथा शैक्षिक सामाग्री ब्यवस्थापनको कार्यपुरा गरीएको पाठकले जानकारी दिनुभयो ।