बैजनाथ सम्बादाता
राजधानी / जाजरकोट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का कर्णाली प्रदेश सदस्य एवं कुशे गाउँपालिका ईन्चार्ज हरिभक्त नेपाली को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कुशे गाउँपालिका गाउँकमिटी सम्पुर्ण पदाधिकारी सहित राजधानी पुगेको छ।संन्चार र केन्द्रिय विद्युतिकरणलाई छिटो भन्दा छिटो काम अगाडि बढाएर स्थानीय नागरिकका योजना माग सहित उर्जा सिँचाइ एवं जलश्रोत मन्त्री पम्फा भुसाललाई ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ।
मन्त्री भुसालले सूचना संन्चारमा स्थानीय नागरिकको सहज पहुँच केन्द्रिय विद्युत प्रशारण गाउँ गाउँमा जाजरकोट जुम्ला सडक निर्माण कार्य सम्पन्न गर्नुका साथै छेडा थलह पैंक सडक स्तरोन्नति गरि कालोपत्र गर्ने प्रतिबद्धता गर्नुभएको छ।डाफुदेउदेखि चिप्ले काध हुँदै जलजला सम्म पर्यटकिय पद मार्ग निर्माण गरि कुशे पाटन पर्यटकिय क्षेत्रमा बिकाश गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको नेकपा कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र जैसिले जानकारी दिनुभयो ।