Thursday, November 21, 2024
spot_imgspot_img
Homeसमाजकेही मानिसहरू भन्नेगर्छन:मित्रलाल शर्मा

केही मानिसहरू भन्नेगर्छन:मित्रलाल शर्मा

१) मन्दिर गएर के हुन्छ ?
उत्तर: तिमी आफ्नो आस्थाको द्वारमा शिर झुकाउन सक्दैनौ भने तिमिसङ्ग नैतिकताको अपेक्षा गर्न सकिदैन । आफ्ना जिउँदा देवता मातापिता प्रती आदर गर्न सक्दनौ ।
२) होम गरेर घिउ पोलेर के हुन्छ र ?
उत्तर: शक्तिको श्रोत अग्निलाई उपेक्षा गर्ने, वायुसुद्धिकरणलाई उपेक्षा गर्ने, मन्त्रोच्चारण नगर्ने, वायु,पृथ्वी, आकाश आदिको शान्ती बीना मानव शान्ति हुन सक्दैन । योग, ध्यान, धैर्यता, अर्पण भएन भने परीवार, समाज र राष्ट्रप्रती समर्पण सम्भव नै छैन ।
३) चन्दा दान दिएर के हुन्छ ?
उत्तर: पितृश्व, देवश्व र राजस्व खाने अधिकार कसैलाई छैन । तिमीलाई (मानवलाई) सर्वश्रेष्ठ प्राणी भनेको यो लोक, यहाँका सबै चराचर, प्रकृतिसङ्गको सहृदयता राख्ने ल्याकत दिएकोले हो । यो संसार, समाजबाट लिएपछि दिनुपर्छ भन्ने ज्ञान हुनुपर्छ । आफु मात्रै त पशुले खान्छ । अब सर्वश्रेष्ठ रहने कि पशु बन्ने आफ्नो विचार !
४) धन भएपछि सबै पाइन्छ, अरु किन चाहियो ?
उत्तर: जीवन चलाउन धन साधन अवश्य हो तर साध्य हुँदै होइन । धनले, ऎयाशी मिल्छ तर शान्ती मिल्दैन । बूढो मान्छे मिल्छ तर मातापिता मिल्दैन । महल मिल्छ तर घर मिल्दैन । भीड मिल्छ तर आफ्नो मिल्दैन । परिकार र बिस्तरा मिल्छ तर भोक र निद्रा मिल्दैन । मैखाना मिल्छ तर गृहणी मिल्दैन । बार मिल्छ तर संस्कार मिल्दैन । बिकृती मिल्छ तर संस्कृति मिल्दैन । आशा गर्नेहरु मिल्छन भाषा बचाउने र भरोसा गर्ने मिल्दैन । लुगाफाटो मिल्छ तर अङ्ग छोपिदैन । नमस्कार , सलाम फल्छ तर नैतिकता फल्दैन । रोगको उपचारको अस्पताल मिल्छ तर रोगबाट मुक्ति मिल्दैन । शिक्षा शिक्षक मिल्छ तर गुरु दीक्षा मिल्दैन ।
अब आफै विचार गर्नुस हजुरले के लिने ? के मान्ने ?
अरुलाई के सिकाउने र के सिक्ने ?

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments