कोहलपुर २२ जेठ
बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ स्थित ज्ञानोदय पुस्तकालयमा कोहलपुर का स्थानीय समाजसेवी युवा ब्यापारीहरुको सहकार्यमा कोहलपुर उद्योग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष प्रदिप भट्टराईको संयोजककत्वमा संन्चालन गरिएको कोभिड खाद्य बैंक मा हालसम्म करिब २० लाख बराबरको खाद्यान्न संकलन भएको छ ।
कोहलपुर नगरपालिका भित्र बसोबास गर्ने अति विभिन्न परिवारलाई भोकै कोइ पनि ब्यक्ति यस्तो महा बिपत्तिमा खाना नपाएर मर्न नपरोस् भन्ने उदेश्यका साथ स्थापना गरिएको खाद्य बैंक मार्फत प्रत्येक्ष फोन गरेर आफ्नो समस्या दर्शाउने कोहलपुर ९ र १२ वडा का कुल ७ घर परिवारलाई आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको छ।त्यसैगरी कोहलपुर नगरपालिका १ वडा मा बसोबास गर्ने ४७ स्थानीय परिवार र १५ वडा का ५२ घर परिवार गरि हालसम्म कुल १ सय ६ परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग हस्तान्तरण गरिएको छ।
कोई पनि ब्यक्तिले आफ्नो मजदुरि दैनिक ज्यालादारी तथा रोजगारी गुमाएका बिपन्न परिवारलाई कुनैपनि कारण भोकले ज्यान गुमाउनुपर्ने स्थिति आउन नदिन यस्तो पुन्य कार्यको थालनि गरिएको खाद्य बैंक संयोजक प्रदिप भट्टराईले बताउनुभयो।
राहत संकलन तथा बितरण कुनै पार्टी र ब्यक्ति निकट नभएतापनि कोभिड खाद्य बैंक नेपाली काङ्ग्रेस का नेता कार्यकर्ताहरुको पहल कदमिमा शुरु गरिएको हो।
खाद्य बैंक द्वारा राहत प्याकेज सबै पार्टी बर्ग समुदाय का ब्यक्तिहरुलाई उपलब्ध गराएर सहयोग गरिएको जानकारी नेपाली काङ्ग्रेस कोहलपुर नगर सचीव भुम भण्डारीले दिनुभयो ।