कोहलपुर शनिबार १ जेठ
बाँके जिल्लाको कोहलपुरमा रहेकोे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार नेकपा एमाले बाँके का अध्यक्ष अशोक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रम द्वारा कोभीड १९ का बिरामी तथा कुरुवाको लागि रु ३० का दरले सौलिएतमा भान्सा घर संन्चालनमा ल्याईएको छ।
युवा संघ नेपाल को ४१ औं स्थापना दिवसको अवसरमा भान्सा घर संचालन गरिएको हो।उक्त कार्यक्रममा नेकपा एमाले का केन्द्रिय सल्लाहकार सदस्य दल बहादुर सुनार,अब्दुल हुसैन खान,नेपालगन्ज उप महानगरपालिका मेयर धवल समसेर राणा कोहलपुर नगरपालिकाका मेयर लूट बहादुर रावत बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर का कोरोना फोकल परसन डा.दिनेश श्रेष्ठ युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जि एम केन्द्रिय सचीव युवा संघ सचिवालय सदस्य राजु रुचाल नेकपा एमाले जिल्ला कमिटी सदस्य राजु तामाङ लुम्बिनी प्रदेश युवा संघ नेपाल अध्यक्ष किशोर थापा युवा संघ नेपाल बाँके जिल्ला अध्यक्ष कुस्माखर बस्याल लगाएत युवा संघ नेपाल बाँके सचीव सुनिल रसाइली नेकपा एमाले बैजनाथ अध्यक्ष प्रेम प्रशाद सुबेदि युवा संघ नेपाल कोहलपुर का अध्यक्ष दिपेन्द्र कुवर युवा संघ नेपाल बैजनाथ अध्यक्ष प्रेम बिष्ट लगाएतको उपस्थितिमा भान्सा घर बाट खाना बितरण शुरु गरिएको हो।
नेकपा एमालेका नेता कार्यकर्ता द्वारा सुरुवात गरिएको अभियान आफुहरु बाट रु ४ लाख ७८ हजार आर्थिक फन्ड संकलन गरेर अभियान शुरु गरिएको नेता अब्दुल हुसैन खानले बताउनु भयो।
नेकपा एमाले जिल्ला कमिटी बाँकेको आयोजनामा नेकपा एमाले कोहलपुर,नेकपा एमाले बैजनाथ र युवा संघ नेपाल कोहलपुर र बैजनाथको ब्यवस्थापनमा भान्सा घर संन्चलन गरिएको हो।
यस अघि देखिनै नेकपा एमाले बैजनाथ गाउँ कमिटीले बैजनाथका ८ वटा वडाहरुमा बिरामीहरुको उद्वार गरि सहयोग गर्दै आएको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेशले निशुल्क कोरोना का बिरामीका लागि निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको छ।आगामी दिनमा कोरोना बिरामीहरु संघ भेटघाट कार्यक्रम रहेको नेकपा एमाले बैजनाथ का अध्यक्ष प्रेम सुबेदिले जानकारी दिनुभयो ।