कोहलपुर शनिबार ११ बैशाख
बाँके जिल्ला कोरोना महामारीको हटस्पट बनिरहेको अवस्थामा बाँके जिल्ला स्थित रहेको यातायात र जिल्ला ट्राफिक सरकारी कार्यालयले स्वास्थ्य मापदण्ड पूरा नगरेर भिडभाडमा आफ्नो मनोपरिले काम गरिरहेको छन् ।
यातायात व्यवस्था कार्यालय भेरीले कोहलपुर नगरपालिका वडा नं. २ को ट्रायलमा स्वास्थ्य मापदण्ड बिपरित सहभागिहरुको सहभागितामा ट्रायल लिइ रहेको छ ।
कुनै पनि स्वास्थ्य मापदण्ड कुरा नरेर ट्रायल लिंदा सम्म सवै निकाय मौन अवस्थामा रहेका छन् । यता नेपाल सरकारले विबाह , मृत्यूमा समेतमा २५ जना भन्दा बढि सहभागी हुन नपाईने भनेर निर्णय गरेतापनि सरकारको सरकारी कार्यालयले यसरी आम सर्व साधारणको स्वास्थ्यलाई ख्याल नगरेर सरकारी निर्णयको धज्जी उडाएको छ ।बाँके जिल्लामा दैनिक ४००भन्दा बिढि मानिसलाई कोरोना पोजेटिभ देखिदै खाएको अवस्था छ । नेपालगन्ज उपमहानरपालिकामा लकडाउन गरिएको छ भने जिल्लाभरका सवै शैक्षिक संंस्थाहरु बन्द गरिएको छ । तर यातायात कार्यालयले यहि मौका भन्दै सयौको भिडभाडमा ट्रायल गराई रहेको
छ ।
सवै भन्दा वढि मात्रामा पैसाको चलखेमा सवारी चालक अनुमति पत्र प्रदान गर्ने यातायात व्यवस्था कार्यालय भेरीले कोरोनाको महामारी पैसाको लागी नै काम गरेको स्थानियहरुको आरोप छ । यातायात व्यवस्था कार्यालय भेरीले स्थानिय प्रशासन ,अख्तियार र प्रहरी सवैलाई मिलाएर काम गर्ने हुनाले सवै निकाय मौन भएको स्थानियहरुको आक्रोस समेत रहेको छ ।
केही दिन देखि बाँके फेरि कोरोनाको हटस्पट बनेको छ । द्रूत गतिमा फैलिएको नयाँ भेरियन्टका कारण दैनिक सयौं व्यक्तिहरु संक्रमित भइरहेका छन् । अस्पताल आउने ७० देखि ८० प्रतिशत विरामी ज्वरोका छन् ।
परिक्षण गर्दा उनीहरु मध्ये अधिकांशलाई भाइरस संक्रमण देखिएको छ । परिवारको एकजना सदस्यलाई पोजेटिभ देखिए पुरै परिवार नै संक्रमित भएको छ । यो भाइरसले मानिसलाई गम्भीर अवस्थामा पुर्याइरहेको छ । र, संक्रमण फैलाउने दर पनि बढी छ । कोरोनाका नयाँ भाईरस भएकाले संक्रमण फैलिने दर निकै तीब्र छ । जीन सिक्वेन्सिङ नेपालमा हुँदैन् । तर यस्को फैलावट दर हेर्ने हो भने कोरोनाका नयाँ भाइरस भन्न गाह्रो छैन्