नेपालगन्ज : बाँके को बैजनाथ गाउँपालिका ६ का युवा समाजसेवी दिल विश्वकर्मा कोरोना जितेर आईतवार घर फर्कदै छन् ।कोरोना सम्बन्धि दिल विश्वकर्मा यसो भन्छन् :आजभोली हाम्रो नेपालको परिवेशमा एउटा महामारी नै हो जसरी सामाजिक संजाल र हाम्रो समाजमा यसको बारेमा दुईवटा मत आयका छ्न।कोरोना छैन ,केही हैन,रुघाखोकी हो यो तेस्रो बिश्व युद्ध को संकेत हो।त्यसो पनि हैन नेपालमा कोरोना छ नभयको भए कोरोनाको कारण लक्ष्यण देखियर दिन प्रतिदिन मृत्यु भएको समाचार आएका छन् ।कोरोना को मुख्य लक्ष्यण फोक्सोको बिरामी ज्वरो आउनु थकाइ महसुस हुने निमोनिया हो। यो भाइरसले ज्यान लगेको छ।अर्को मत हो जसरी कोरोना भाइरस लाई हाउगुजी बनाएको छ।यो लाग्यो भने औषधि नै छैन मान्छे मरिहाल्छ,गाउँ समाप्त हुन्छ,लागेको लाई छुनै हुन्न भन्ने भ्रम ले नि समाज त्रसित र ग्रस्त छ।हामी सचेत रहौ सरकार ले अपील गरेको सावधानी अपनाउ पोजिटिभ देखिनै बित्तीकै नआत्तियुऔं आफुलाइ कम्तिमा १४ दिन आइसुलेट गरौ र आफु परिवार र समाजको लागी कम्तीमा दुरि कायम गरौं,मास्क अनिवार्य लगाउ तातो पानी नियमित सेवन गरौंं,गुर्जो अदुवा बेसार तुल्सिको पात मरिच ल्वाङग आदिको धुलो बनाइ तातो पानीमा राखेर सेवन गरौंं कोरोना केही हैन र आत्मबल ठुलो बनाउ कोरोना लाई मैले जितेरै बिजय प्राप्त गर्छु भन्दै आत्म बल बढाउ,आफुलाइ सकारात्मक सोच वृद्धि गर्ने कुरामा ब्यस्त राखौंं,ब्यक्तिगत सरसफाइमा ध्यान दियौं ।कोरोना युद्ध लाई अवस्य जितिन्छ। समाजले कोरोना लागेका ब्यक्तिहरुलाई दोस्रो दर्जाको नागरिक जस्तो ब्यवहार नगरौं भनेर सुझाव दिन्छन् ।आईतवार दिल विश्वकर्मा सहित बैजनाथ ६ का ९ जना कोरोना जितेर घर फर्कदैं छन्।