Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियकोरोना : नक्कली रिपोर्ट बनाउँने गिरोह सक्रिय

कोरोना : नक्कली रिपोर्ट बनाउँने गिरोह सक्रिय

नेपालगन्ज : यतिबेला एक देशबाट अर्को देश जान चाहनेहरुले विमानस्थलमा आफ्नो नेगेटिभ रिपोर्ट बुुझाउनुपर्छ । यस्तोमा नक्कली नेगेटिभ रिपोर्ट बनाइदिनका लागि नेपालका विभिन्न जिल्ला र राजधानी काठमाडौंंसहित विश्वभर गिरोहहरु सक्रिय भएका छन् ।

गत साता फ्रान्समा यस्तै नक्कली रिपोर्ट बोकेर भ्रमण गरेको आरोपमा ७ व्यक्ति विमानस्थलमा पक्राउ गरेका थिए । बुधबार मात्रै डाक्टरको नक्कली हस्ताक्षर गरेर रकम  आफ्नोे सुलेको आरोपमा बाँके प्रहरीले नेपालगन्जस्थित भेरी अस्पतालबाट तीन जनलाई पक्राउ गरेको छ ।

फ्रान्सका उनीहरुले नक्कली रिपोर्ट बनाउनका लागि ३ सय ६० युरोसम्म खर्चिएको बताएका थिए । ब्राजिलमा चारजना पर्यटकहरु नक्कली परीक्षण रिपोर्टसहित पक्राउ परेका छन् । इथियोपियामा पनि नक्कली रिपोर्ट पेश गरेर भाग्न खोजेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इङल्यान्डमा एक पूरुषले दिएको अन्तवार्ता अनुसार उनी साथीको नेगेटिभ कोभिड १९ परीक्षण रिपोर्टमा आफ्नो नाम लेखेर पाकिस्तान भ्रमणमा जान सफल भएका थिए ।

तपाईलाई जुन समयको परीक्षण रिपोर्ट चाहिन्छ, त्यो पनि मिलाउन सकिने देखिएको छ । एक व्व्यक्तिले ईमेल डाउलोड गर्ने, त्यसलाई परिवर्तन गर्ने र परीक्षण गर्ने गर्न सहजै सकिने ताएका छन् ।

बिमा कम्पनीमा समेत दाबी भुक्तानीका लागि नक्कली रिपोर्ट आउन थालेको गुनासो बढेको छ । नक्कली पीसीआर रिपोर्टका आधारमा दाबी भुक्तानी आउन थालेको कम्पनीहरुले बताएका छन् । सरकारले संक्रमित बढ्दै गएपछि सरकारी ल्यावले मात्रै परीक्षण गर्न नसक्ने भन्दै शुल्क तोकेर निजी ल्यावलाई पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको छ ।

राज्यले अनुमति दिएका ल्यावको रिपोर्ट नै नककली भेटिएकाले यसलाई आधार मानेर कोरोना बीमा दाबी भुक्तानी नगर्न बिमा समितिले कम्पनीहरूलाई पत्राचार गरेको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालबाट कोरोना उपचार निशुल्क हुने बताएको छ । यसअघि सरकारले आफ्नै खर्चमा उपचारमा गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भएपछि बुधबार उक्त निर्णयमा सुधार गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको छ

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments