बैजनाथ सम्बादाता
बाँकेको बैजनाथ गाउँपालिका नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटी अध्यक्ष प्रेम सुवेदी, युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जि. एम.युवा संघ नेपालका केन्द्रिय सदस्य दिल बिश्वकर्मा, युवा संघ नेपाल बाँकेका सचीव सुनिल रसाईली,नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य लिल बहादुर नेपाली, युवा संघ जिल्ला सदस्य यज्ञ पुन, युवा संघ जिल्ला सदस्य खगेन्द्र तिरुवा, नेकपा एमाले निकट नेपाल खेलकुद संघ बाँकेका जिल्ला सदस्य: दिपक कार्की तथा युवा संघ नेपाल बैजनथ गाउँपालिका कमिटीका अध्यक्ष प्रेम बिष्ट लगायतको टोलिले बैजनाथ गाउँपालिकामा शव ब्यवस्थापन देखी पिसिआर चेकजाँचको लागि सहयोग तथा कोरोना संक्रमितको उपचारको लागी सहयोग गर्दै आएका छन् । कोरोना पीडितको सहयोगमा नेकपा एमाले बैजनाथ का साथै युवा संघ नेपालका पदाधिकारी लागी परेको हामिले पाएका छौँ ।
विश्व नै त्रसित बनाएको कोरोना किभीड १९ को नयाँ भेरियन्ट हाल नेपाल फैलिएको बेला कोरोना बाट मृत्यु भएका सब ब्यवस्थापन तथा कोरोनाको लक्षण संक्रमण देखिएका स्थानीय नागरिकहरुको उद्वार सहयोग गर्न नेकपा एमाले बैजनाथको नेतृत्वमा युवा संघ का केन्द्रिय देखी स्थानीय तहसम्मका युवा नेताहरु आफै स्वस्फूर्त रूपमा लागी परेको युवा संघ नेपालका केन्द्रिय सदस्य दिल बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।