Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियकोरोना बाट बच्न टोलटोलमा जानकारी दिदै उपाध्यक्ष खत्री

कोरोना बाट बच्न टोलटोलमा जानकारी दिदै उपाध्यक्ष खत्री

 

कोहलपुर २० वैशाख

बाँकेको राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री कोरोना भाइरस बारे जानकारी दिन टोलटोलमा पुगेकी छिन । राप्तीसोनारीका वासिन्दाहरुलाइ कोरोना भाइरस बाट बचेर घरमै सुरक्षित बस्न आग्रह गर्दै गाउँपालिका भित्रका प्रत्येक वडामा पुगेकी बताएकी छिन । आइतबार जानकारी दिन वडा न ९ को ढकेरीमा पुगेकी खत्रीले सूचना मार्फत
गाउँपालिका वासीलाइ कोरोना बारे जानकारी दिन सबै वडामा पुग्ने बताइन ।
अहिले हामीले कोभिड बारे बच्ने जिंगल बजाउदै टोल बस्तीमा पुग्ने गरेका छौँ । सबैलाई भेट्न सम्भव नभएका कारण गाडीमा माइक राखेर जानकारी मुलुक सूचना प्रवाह गरिरका छौ खत्रीले भनिन । आइतबारदेखि देखि सुरु गरिएको प्रचारप्रसार ९ वटै वडामा गरिने खत्रीले बताइन ! त्यस्तै उपाध्यक्ष खत्रीले गाउँपालिकाले बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा ५ वेडको कोभिड वडा न ३ साइपुरको सेल्टर भवनमा करिब २४ वेडको कोभिड वाड वडा न २ कचनापुरमा र वडा न ६ र ७ का लागि १० वेडकोआइसुलेसन तयारी पारेको र आवश्यक परेको स्थानमा पठाउन राप्तीसोनारी अस्पतालमा अक्सिजन तयारी अवस्थामा राखेको र बताइन् । त्यस्तै उनले आवश्यक परेमा अन्य स्थानमा समेत कोभिड अस्पताल थप गर्न सकिने निर्णय भएको बताइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments