कोहलपुर बुधबार २२ बैशाख
बाँकेको कोहलपुर नगरपालिका ५ निवासी दिपक कुमार राई बिगत लामो समयदेखि विभिन्न कार्य गरेर समाजसेवा गरिरहेका छन् । उनि श्री रारा बिजय बहुउद्देश्यीय सहकारी संस्था लि.कोहलपुर ११ का महाप्रबन्धक हुँदै लामो समयदेखी बैजनाथ राष्ट्रिय दैनिक पत्रीकाको कार्याकारी सम्पादकमा रहेर काम गरिरहेका छन् ।
गत बर्ष कोभिड १९ का कारण आफ्नो दैनिकी चलाउन गाह्राे भएका बाँके जिल्लाका करिब २५ जना पत्रकारलाई खाद्यान्न सहयोग गरेर पत्रकारिता गर्ने ब्यक्ति सहयोगि पनि हुन्छन् भन्ने उदाहरण दिन सफल भए ।
पत्रकारिताको पहलकदमी बैजनाथ खजुरा कोहलपुरमा समेत अति बिपन्न परिवारलाई खाद्यान्न एवं अति आवश्यक सामग्री बितरन गर्नुका साथै सुरक्षाकर्मिहरुलाई मास्क सेनिटाईजर पानी चाउचाउ चिउरा बितरण गरिएको थियो।
यसपटक बैजनाथमा नेकपा एमालेले संचालक गरेको कोरोना पीडितलाई आवश्यक सहयोग गर्ने र कोरोना बाट मृत्यु भएका मृतकलाई कुनै गाडी संबंधित ठाँउसम्म पुर्याउन गाह्राे भएमा बैजनाथ राष्ट्रिय दैनिकका कार्यकारी सम्पादल दिपक कुमार राई चालकको रूपमा काम गरेर अरुलाई सहयोग गर्ने प्रतिबद्धता सहित आफ्नो सम्पुर्ण टिमको नम्बर बुधबार सार्बजनिक गरेर कोरोना बाट मृत्यु भएका ब्यक्तिहरुको उद्वार का लागी लाग्ने खबर प्राप्त भएको छ।बैजनाथ राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक दिपक कुमार राई सम्पर्क ९८५८०५३१०९/ प्रकाशक कुशल दलामी ९८५८०५३१०७ सदस्य यज्ञ पुन अगन मल्ल लगाएतलाई सम्पर्क गरि जो कोई पीडित परिवारले निशुल्क सहयोग लिन सक्नुहुने छ।