बैकनाथ संम्बाददाता
शुक्रबार १० बैशाख
बाँके जिल्ला कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरम शुक्रबार कोभीड:१९ कोरोना पोजिटिभ राजापुर नगरपालिका ९ दुर्गानगर बर्दिया निवासी ४२ बर्षका पुरुष र बैजनाथ गाउँपालिका २ पितमारी बाँके निवासी ६५ बर्षका पुरुषको अन्तिम संस्कार बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्लको अगुवाइ तथा ब्यवस्थापनमा मृतक दुबै जनाको अन्तिम संस्कार बैजनाथ १ चिसापानी जंगलमा गरिएको थियो।
बैजनाथ २ निवासी पुरुष नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य हुन् ।६५ बर्षका पुरुषलाई कम्युनिस्ट पार्टीको झन्डाले सम्मान गरिएको थियो।
बैजनाथ गाउँपालिका मात्र नभएर राजापुरका पुरुषको समेत अंन्तिम संस्कार को सम्पुर्ण ब्यवस्थापन वडा अध्यक्ष मल्लले गर्नुभएको हो। गत बर्षमा पनि थुप्रै अन्य जिल्लाका नागरिकहरुको उद्वार गरेका अध्यक्ष मल्लले यसपटक भने गाउँपालिका भित्र मात्र कोरोना नभएर यो एउटा विश्वनै त्रसित बनाएको कोरोना बाट बच्न वडाबासी नागरिक र अन्य सबैलाई सुरक्षीत रहन समेत सुझाव दिनुभएको छ। सहयोगि मनका धनी अध्यक्ष मल्ल सधैं दु:खमा परेका दिनदुखीहरुलाई समेत बेला बेलामा सहयोग गर्नुहुन्छ।
कोरोना बाट मृत्यु भएका ब्यक्तिहरुको ब्यवस्थापन गर्न सहयोग गर्ने नेपाली सेना सुरक्षा निकाय संन्चारकर्मी सबैलाई आ आफ्नो तर्फबाट सक्दो सहयोग गरेर नागरिकलाई सु सुचित गर्न एवं कोरोना बाट मृत्यु भएका पार्थिब शरिरको अन्तिम संस्कार गरेकोमा अध्यक्ष मल्लले धन्यवाद समेत व्यक्त गर्नुभएको छ।