कोहलपुरको बर पिपल पानी उद्योग शिल
प्रकाशित मिति : ७ आश्विन
यस अघि सो उद्योगलाई पुर्वाधार नरहेको भन्दै सुधारका लागी निर्देशन दिईएको भएपनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाईएकाले उद्योग सिल गरिएको विकले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, गुणस्तर तथा नाप तौल बिभागको टोली, कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो । पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याव सञ्चालनमा ल्याउनु पर्ने, पानीको जार र बोतलमा उत्पादन मिती र व्याच नम्बर लगाउनु पर्ने, पानीका जार उचित तवरले सरसफाई गर्नु पर्ने प्रावधान रहेपनि उक्त उद्योगले त्यस्तो नगरेको पाईएपछि उद्योग शिल गरीएको हो ।
त्यस्तै कोहलपुर १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पुरा नगरी सञ्चालनमा ल्याईएको भन्दै सचेत बनाईएको छ । सो उद्योगलाई एक हप्ता भित्र कोहलपुर नगरपालिकामा दर्ता हुन, पानीका जार शुद्ध तवरबाट सफाई गर्न , बजारमा पठाउँदा अनियवार्य सिल र लेवल लगाउन निर्देशन दिईएको बिकले बताए ।
अनुगमनका क्रममा कोहलपुरमा सञ्चालीत पानी उद्योगहरुले मापदण्ड पुरा नगरेको पाईएको बिकले बताए । कोही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योग पनि कारवाहीमा परेका थिए