Thursday, December 26, 2024
spot_imgspot_img
HomeUncategorizedकोहलपुरको मेयरमा अर्यालको उम्मेदवारी घोषणा

कोहलपुरको मेयरमा अर्यालको उम्मेदवारी घोषणा

बाँके जिल्लाको कोहलपुर नगरपालिकाका सफल होटेल ब्यवसायी एवं नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य देवानन्द अर्यालले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी घोषणा गर्नुभएको छ। किन मेयरमा उम्मेदवारी घोषणा गर्नुभयो बैजनाथकर्मी कुशल दलामी र देवानन्द अर्याल बिच भएको कुराकानी…

नगर प्रमुखमा तपाईंको उम्मेदवारी किन ?
अहिले जुन प्रकारले आफ्ना पार्टीको मान्छे सरकारको बजेट बाट पोस्ने काम भएको छ यस्को अन्त्यको लागि अर्को पार्टी भित्र बाट जसलाई टिकट दिए पनि भोट अनिवार्य तिनैलाई हाल्नुपर्ने र जनता सामु जाँदा पार्टीको घोषणा पत्र लिएर जाने जितेपछि पार्टीको नीति विधि अनुसार सरकार चलाउने प्रवृत्तिको अन्त्य स्थानीय नागरिकहरुको हकहितक ललागी मेरो उम्मेदवारी हो अनि म कोहलपुर नगरपालिकाको मेयर हुन मेरो दक्षता योग्यता सबै पुगेको छ त्यसकारण मेरो उम्मेदवारी हो।

यदि मेयर बन्नुभो भने तपाईंको पहिलो काम के हुने छ ?
मैले सर्बजनिक सम्पुर्ण कोहलपुर नगरबासिहरुको तथ्यांक संगलन गर्ने छु र सम्पती बिवरण सहित धनी गरिब सबैको कस्लाई रोजगारीको आवश्यकता छ। कस्ले रोजगारी सिर्जना गरेको छ राज्यले तोकेको मापदण्ड अनुसार सेवा सुबिधा प्राप्त गरेको छ कि छैन । कुन ब्यक्तिलाई कस्तो रोजगारी दियो भने उस्ले कार्य कुशलताका साथ जिम्मेवारी बहन गर्न सक्छ।कोहलपुरलाई लगानीमैत्री भुमिहिनलाई घर सहितको ब्यवस्थापन गर्छु। तथ्यांकका आधारमा कस्लाई कुन रोजगारी दिने कस्लाई अति आवश्यक छ त्यो आवश्यकताका आधारमा स्थानीय सरकारले ब्यवस्थापन गर्ने छ । कल गरेर बोलाएर जागिर दिईने छ नकि रोजगारीको लागि लाईनमा बसेर कुर्नुपर्ने हुने छैन।

तपाईं जनता माझ जाने बिकासका योजना के के छन् ?
धेरै छन् बिकासका योजना मसँग तीन प्रकारका छन् ।
प्रथम एक बर्षका योजना जुन योजनाले कोहलपुर नगरभित्र रहेका बेरोजगारी र गरिबिको अन्त्य किन भने जब रोजगारी सिर्जना हुन्छ सबै रोजगारमा जोडिन्छन् त्यसपछि निश्चित रूपमा मान्छेका आधारभुत आवश्यकताहरु पूरा हुन्छन् । आवश्यकता पूरा भए गरिबि स्वतह अन्त्य हुन्छ।

अर्को तीन बर्षका योजना जुन योजनाले कम्तीमा ३० बर्ष निरन्तर रूपमा रोजगारीको ग्यारेन्टी गर्छ जुन ग्यारेन्टीले रोजगारी आवश्यक पर्ने युवाहरूलाई वैदेशिक रोजगार जान बाट रोकेर आफ्नै देशमा चाहेको जागिर पाउँछ त्यसो भए वैदेशिक जान लाग्ने लगानी बराबर अरु स्थानीय सरकारले थप गरेर ब्यवसायी रूपमा स्थापित गरे कम्तीमा एउटा पुस्ताले ३० बर्ष आरमसँग कमाउछ र आत्मनिर्भर बन्छ।जस कारण अन्य बिकासले तिब्र गति लिन्छ ।

अन्तमा पन्चबर्षका योजना जुन योजनाले कोहलपुर नगरपालिकालाई दीर्घकालीन रूपमा बिकास गरेर कम्तीमा १०० बर्ष ढुक्क बनाउने छ यी सडक पुर्बाधार खानेपानी ढल निकास ब्यवस्थीत बिधुतिकरण जुन हावा हुरीले असर नपार्ने गरि अन्डर ग्राउन्ड गर्ने नेट ईन्टरनेट निशुल्क स्वास्थ्य उपचार निशुल्क शिक्षा निशुल्क गरेपछि कोइ पनि गरीब बिपन्न नागरिक देखि सम्पन्न सबैका छोराछोरीले आर्जन गर्ने शिक्षा समानन्तरका साथै कोहलपुरलाई शैक्षिक हब बनाए दीर्घकालीन रूपमा कोहलपुरको बिकास हुन्छ।

यी सबै काम गर्न आर्थिक कहाँ बाट ब्यवस्थापन गर्नुहुन्छ ?
सर्बप्रथम योजना सहि र दीर्घकालीन हुनपर्छ आर्थीक तपाईं हाम्रो बिचमा नै छ। किन छ भन्दा करको दायरा वृद्धि गर्दिन तर कर फरक तरीका बाट अशुल गरिन्छ। अहिलेको उदाहरण एउटा जस्तापाताले छाएको सामान्य घर र दुइतलाको घर दुबैको कर बराबर छ यो समानतालाई आयस्तर र सम्पतीका आधारमा कर लगाईने छ । हाल प्रती घर दुरी रु ५०० सय छ त्यो कच्ची होस चाहे पक्की तर त्यसलाई प्रती घरदुरी ५० बिपन्न र कचिघरको लाई तोकिने छ भने घर तलाको आधारमा सम्पन्नलाई कर लगाईने छ सम्पुर्ण ब्यवसाय अनिवार्य दर्ता छ भने निश्चित सुबिधा पनि प्रदान गर्ने छु।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments