कोहलपुर २२ जेठ
बाँके जिल्ला कोहलपुर नगरपालिका मेयर लूट बहादुर रावत उप मेयर सन्जु कुमारी चौधरी प्रमुख जिल्ला अधिकारी सिबराम गेलाल बाँके जिल्ला प्रहरी प्रमुख ओम बहादुर राणा ईलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख रबिन्द्र खनाल उद्योग बाणिज्य महासंघ का केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी कोहलपुर उद्योग बाणिज्य संघ का अध्यक्ष लक्ष्मणराज पौडेल लगाएअतको उपस्थितिमा सिसिएमसि (ccmc)को बैठक सप्पन्न भएको छ।
प्रमुख जिल्ला अधिकारी गेलालले कोरोना संक्रमण कम भएको छैन । परिक्षण गराउनेहरुको संख्या कम भएको हो। त्यसैले ब्यापारीक प्रतीष्ठानहरु खुल्ला गर्न केही दिन अझै कुर्नुपर्ने बताउनुभयो।
समयलाई ब्यवस्थापन गरौं सबै ब्यापारीलाई आफ्नो सामान बचाउन भएपनि बिहान १०:३० बजेसम्म खुल्ला गराउन उक्त बैठकमा उद्योग बाणिज्य संघको तर्फबाट चक्र बहादुर अधिकारीले जोरदार माग राख्नुभएको हो।
कोहलपुर उद्योग बाणिज्य संघ का अध्यक्ष लक्ष्मण राज पौडेलले ब्यापारीक प्रतिष्ठानहरु लामो समयदेखि कोरोनाका कारण बन्द भएकोमा गोदाममा राखिएका सामान खराब हुँदै छ । स्वास्थ्य मापदण्ड अपनाएर कम्तीमा दुई घन्टा खोल्नपर्ने भयो अन्यथा आम्दानी त छैन भएको सामान पनि खराब हुनेभएकाले सामान बचाउनका लागि कोहलपुर नगरपालिकामा प्रमुख जिल्ला अधिकारी सहितको बैठकमा उद्योग बाणिज्य संघ कोहलपुर का अध्यक्षले पौडेलले आफ्नो माग राख्नुभएको छ।
कोहलपुर नगरपालिका का मेयर रावतले कोहलपुर उद्योग बाणिज्य संघको मागलाई आवश्यकता अनुसार निर्णय गरेर आउनुहोस् स्थानीय सरकार तपाईंहरुको माग लाई सम्बोधन गर्न तयार छ भनेर प्रतिबद्धता जाहेर गर्नुभएको छ।