Sunday, November 24, 2024
spot_imgspot_img
Homeराष्ट्रियकोहलपुर उवासंघको निर्वाचनमा अध्यक्ष लक्ष्मण राज पौडेल सहित लोकतान्त्रिक प्यानल विजयी

कोहलपुर उवासंघको निर्वाचनमा अध्यक्ष लक्ष्मण राज पौडेल सहित लोकतान्त्रिक प्यानल विजयी

 

कोहलपुर २३ फागुन : कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लक्ष्मणराज पौडेल नेतृत्व लोकतान्त्रिक समावेशी ब्यवसायी समुह विजयी भएकोछ ।निकैनै प्रतिस्प्रर्धात्मक भएको निर्वाचनमा पौडेल नेतृत्व लोकतान्त्रिक समाबेशी व्यवसायी समुहको एक जना सदस्यबाहेक पुरै प्यानल बिजयी भएको हो । पदाधिकारी पुरै आफ्नो पोल्टामा पारेको लोकतान्त्रिक प्यानलले सदस्यमा एक जना गुमाएकोछ । योसंगै कोहलपुर उद्योग बाणिज्य संघमा लोकतान्त्रिक प्यानलले आफ्नो कब्जा जमाएकोछ ।संघको आगामी नेतृत्वका लागि शनिबार कोहलपुरमा मतदान भएको थियो । मतदान सकिएपछि शनिबार रातीदेखि नै मतगणा शुरु गरेपनि आईतबार अबेर बेलुका मात्रै मतगणा सम्पन्न भएको थियो ।निर्वाचन मतपरिणाम अनुसार लोकतान्त्रिक समुहका अध्यक्ष पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद खनाललाई ३१७ मतले पछिपार्दै विजयी भए । पौडेलले कुल १६६१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी खनालले १३४४ मतमा चित्त बुझाउनु प¥यो ।यस्तै वरीष्ठ उपाध्यक्ष पदमा प्रदीप भट्टराईले कुल १९२२ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रटिद्वन्द्वी तेजप्रकाश अधिकारी १११७ मतमै सिमित भए । भट्टराईले पाएको मत ८०५ ले अन्तर छ ।यसैगरी उपाध्यक्ष (उद्योगतर्फ) चण्डीप्रसाद गैरे विजयी भएकाछन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी कमल खड्कालाई हराउँदै कुल १८२७ मत प्राप्त गर्दा खड्काले १२१६ मत मात्र पाए उपाध्यक्ष (वाणिज्यतर्फ) संगिता सुवेदी विजयी भएकी छन् । उनले कुल १६२१ मत प्राप्त गर्दा उनका निकटतम प्रटिद्वन्द्वी बलराम देवकोटा १३९९ मतमा समेटिए ।
संघको महासचिवमा मात्रिका सापकोटा विजयी भएकाछन् । उनले १६०४ मत प्राप्त गर्दै विजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्वी नविन खड्काले १४०४ मत प्राप्त गरे ।यस्तै उपमहासचिवमा दिपकबहादुर भण्डारीले १७९२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी परशुराम लामिछानेले जम्मा १२११ मत प्राप्त गरे ।
यसैगरी कोषाध्यक्ष पदमा सीता कार्की विजयी भएकी छन् । उनले १७३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी खेमप्रसाद घिमिरेले १२४८ मत प्राप्त गरे ।सहकोषाध्यक्ष पदमा भरत खत्री विजयी भए । उनले कुल १४७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भुपेन्द्रप्रसाद काफ्लेले १४७० मत प्राप्त गरे ।यस्तै सदस्य (महिला) मा पवित्रा ढाकाल, १७९१, शर्मिला मल्ल १५४५, राकेश विष्ट १६८९, भुमिराज कँडेल १४४७, तेजबहादुर अधिकारी १४८५, हुमबहादुर रावत १३७१, यज्ञप्रसाद सुवेदी १३७८, दिपक ओली १५८१, यादवराज बस्याल १३७०, नविनकुमार शाही १४५३ र कल्याण केसी १४२८ मत प्राप्त गर्दै विजयी भएकाछन् ।लोकतान्त्रिक प्यानलका चिरञ्जिवी चौधरीले हार ब्यहोर्नु परेकोछ । उनले १३०२ मत पाउँदा साझा समावेशी व्यवसायी प्यानलका अर्जुनप्रसाद सुवेदीले १३३८ मत पाउदै विजयी भए ।

संघको निर्वाचनमा सदस्य पदमा सबैभन्दा बढि पवित्रा ढकालले १७९१ मत प्राप्त गरिन भने पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष प्रदीप भट्टराई र उपाध्यक्ष (उद्योगतर्फ) चण्डीप्रसाद गैरेले क्रमश १९२२ र १८२७ मत प्राप्त गरे । यो मत विजयी भएका अध्यक्ष पौडेलभन्दा क्रमश २६१ र १६६ मत अन्तर हो ।

नेपाली काङ्ग्रेस कोहलपुर नगर सभापति बलराम शर्माले यो जित सम्पुर्ण ब्यापारीको भएको छ यसमा सहयोग गर्ने सम्पुर्ण ब्यापारी पार्टी पंक्ती सबै धन्यवाद का साथै बिजय भएका सबै उम्मेदवारलाई हार्दिक बधाई ज्ञापन गर्नु भएको छ भने नेपाली काङ्ग्रेस महासमिति सदस्य बिनोद थारु भन्छन् यो जित नेपाली काङ्ग्रेसको र जनताको देश ब्यापीको उदाहरण हो कि अब नेपाली काङ्ग्रेस सामु कोहि न आए हुन्छ भन्ने उदाहरण कोहलपुर उद्योग बाणिज्य संघले दिएको बताए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments