Sunday, November 24, 2024
spot_imgspot_img
Homeस्थानीयकोहलपुर उ.बा.संघको निर्वाचनमा मतदान सुरु

कोहलपुर उ.बा.संघको निर्वाचनमा मतदान सुरु


 

बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि मतदान सुरु भएको छ । संघको आगामि तीन वर्षको कार्यकालका लागि दुई वटा समूहले निर्वाचनमा भाग लिएका छन् । साझा समावेशी व्यवसायी प्यलानबाट अध्यक्ष पदका उम्मेद्वार विष्णु प्रसाद खनाल र लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले मतदान गरिसेकेका छन् । दुबै प्यानल बिच कडा प्रतिस्पार्धा हुने भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ को बगियामा रहेको ज्ञानज्योति माविमा मतदान जारी रहेको छ ।
साझा समावेशी व्यवसायी प्यलानबाट अध्यक्ष पदका उम्मेद्वार विष्णु प्रसाद खनाल वरिष्ठ उपाध्यक्षमा तेज प्रसाद अधिकारी, उद्योग तर्फको उपाध्यक्ष पदमा कमल खड्का, ,बाणिज्य तर्फका उपाध्यक्षउम्मेद्वार बलराम देवकोट, महासचिव पदका उम्मेद्वार नबिन खड्का , उपमहासचिव पदका उम्मेद्वार प्रशुराम लामिछने,कोषध्यक्ष पदका उम्मेद्वार खेम प्रसाद घिमिरे, सह–कोषाध्यक्ष भुपेन्द्र काफ्ले उम्मेदवार बनेका छन । सदस्य पदमा क्रमस पुन्य प्रसाद तिवारी, अर्जुन सुवेदी, बेदराम घिमिरे, महेश खतिवडा, जगत रामदाम, गोपाल प्रसाद अधिकारी, ओम प्रकाश चापाचाई, गंगा भण्डारी, विकाश बुढाथोकी, ओपेन्द्र नाथ योगि, महिला सदस्यमा कमला खड्का र अम्बिका आचार्य रहेका छन् भने एशोसियट सदस्यमा पुष्पराज न्यौपानेले र बस्तुगत तर्फ टंक बस्याल उम्मेद्वार बनेका छन । लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट अध्यक्षमा लक्ष्मणराज पौडेल, वरिष्ठ उपाध्यक्ष पदका लागि प्रदिप भट्टराई, उद्योग तर्फको उपाध्यक्षका लागि चण्डी प्रसाद गैरे, वाणिज्य तर्फको उपाध्यक्ष पदका लागि संगिता सुवेदी, महासचिव पदका लागि मात्रिका सापकोटा, उप– महासचिव पदका लागि दिपक बहादुर भण्डारी, कोषाध्यक्ष पदका लागि सिता कार्की, सह–कोषाध्यक्ष पदका लागि भरत खत्री रहेका छन् । त्यसैगरी खुल्ला सदस्य पदका लागि राकेश विष्ट, भुमिराज कंडेल, तेज बहादुर अधिकारी, होम बहादुर रावत, यादव राज बस्याल, यज्ञ प्रसाद सुवेदी , दिपक वली, नविन कुमार शाही, कल्याण केसी र चिरञ्जिवि चौधरी रहेका छन्भने , महिला सदस्यमा शर्मिला मल्ल र प्रवित्रा ढकाल र एशोसिएट सदस्यमा दिप नारायण श्रेष्ठ र वस्तुगत सदस्यमा किरण केसीले उम्मेद्वारी रहेको छ । यसका साथै संघको निर्वाचनमा सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी अर्जुनजंग शाहले दिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments