बाँके कोहलपुर
शुक्रबार २१ फागुन
बाँकेको कोहलपुर नगरपालिकाले स्थानीय चुनाव पछी नगरपालिका क्षेत्रभित्र चमेना गृह क्यान्टिन सुचारु गर्न सूचना जारी गर्यो । उक्त सूचनामा आफ्नो ब्यवसाय फर्मका तर्फबाट कोहलपुर का स्थानीय गणेश शाहिले चलाउने गरि नगरपालिकाले केहि धरौटीमा चमेना गृह चलाउन दियो।
केहि महिनाभित्र त्यही चमेना गृहमा आर्थिक चलखेल शुरु भयो कमिसनको जो यस्तो छ। गनेश शाहिले आफुले चलाउने गरि लिएतापनी कमिसन खाएर तेस्रो ब्यक्तिलाई चमेना गृह दिए जस्ले ७ लाख ५० हजार नगरपालिकालाई धरौटी मासिक ५ हजार का दरले नेपालगन्ज आफ्नो घर भन्ने प्रान्सु गुप्ता लाई दिनुपर्ने हो तर त्यसो भएन चमेना गृह १५ लाखमा बिक्रि गरियो ।
त्यो रकम न त नगरपालिकाको खातामा आयो न कुनै कर तिर्नुपर्यो बरु विद्युत पानी समेत सोहि रकममा हो भनेतापनी अब नगरपालिकाका कर्मचारी ले भने अलग पानी बत्तिको बिल तिर्नुपर्ने भनेपछि आफुलाई अन्याय भएको गुप्ता गुनासो गर्छन् ।
स्थानीय सरकारले स्थानीय लाई प्राथमिकता नदिएर एउटा चमेना गृह समेत कमिसनको भरमा बिक्रि हुन्छ भने ठुला योजनाको हालत कस्तोहोला यहीँबाट बुझ्न सकिन्छ ।