कोहलपुर २४ फागुन
बाँके जिल्ला को कोहलपुर नगरपालिका ११ शान्तिनगर र डुडुवा गन्धर्व बस्तीमा बिगत २०५६/०५७
सालदेखि हाल सम्म बस्दै आएका स्थानीय नागरिकहरुले बिगत १६ औं दिनदेखि कोहलपुर नगरपालिका कार्यालय घेराउ गरेर शान्तिपुर्ण धर्नामा बसेका स्थानीय नागरिकलाई अहिलेसम्म पनि कुनै सुनुवाइ गरेको छैन।
सर्बदलिय राजनीतिक समझदारी बाट पनि बस्न दिनपर्छ बसाई सराई दर्ता घर कर कायम गर्ने अव्यवस्थित भुमिहिन तथा सुकुम्बासी समस्या समाधान गरे बार्तामा बस्ने संघर्ष समितिका संयोजक तिलकराज सिजापतिले बताएका छन् ।
शान्ती वलि भन्छिन् : १११ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसमा विभिन्न कार्यक्रम गोष्ठी गरेर स्थानीय सरकारले ब्यवस्थापन गर्नुपर्ने तर हामीले धर्नामै नारी दिवस मनाएका छौँ । हुनेखाने र पुंजिपतिहरुका लागी हुँदो रहेछ हामी गरिबको सुनुवाइ छैन सडकको धुलोमा बसेर नारी दिवस मनाउन मनाएका छौँ संघर्षको मैदान बाट नारी दिवस को शुभकामना उप मेयर सन्जु कुमारी चौधरी र मेयर लूट बहादुर रावतलाई नगरपालिकाको गेट बाट शुभकामना व्यक्त गर्दछौँ ।
महिला दिवसका दिन धर्नामा आएका महिलाहरुको सम्बोधन नभए पनि नारी दिवसको शुभकामना दिन समेत पुगिनन् उप मेयर सन्जु कुमारी चौधरी भन्छिन् लालमती पुन ।
वडा अध्यक्ष कर्ण बहादुर थापाले आन्दोलनलाई सम्बोधन गर्दै भने शान्तिपुर्ण आन्दोलन जारी राख्नुहोस मेरो समर्थन छ यो धर्नाका मागहरूको सम्बोधन गराउने मेरो हर प्रयास रहनेछ ।