Friday, November 22, 2024
spot_imgspot_img
Homeराष्ट्रियकोहलपुर मैदानमा खुल्लेआम जुवा खेलाउदै प्रहरी प्रशासन मौन

कोहलपुर मैदानमा खुल्लेआम जुवा खेलाउदै प्रहरी प्रशासन मौन

कोहलपुर २१ भदौ

बाँके जिल्लाको कोहलपुर नगरपालिका भित्र पछिल्लो क्रममा दिनदहाडे जुवा खेलाउने र अन्यत्र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश बाट आफ्नो विभिन्न कामले आएका सर्बसाधारण यस्को सिकार बन्ने गरेका छन् ।ईलाका प्रहरी कार्यालय बाट स्थानीय नागरिकहरुको सुरक्षामा सादा पोसाकमा खटिएका प्रहरीले पनि आफ्नो काम कर्तव्य बिर्सेका हुन् कि भन्ने प्रश्न चिन्ह खडा हुन्छ।
यसरी दैनिक जसो बिहान करिब ९:०० बजे देखि ११:०० बजेसम्म कोहलपुर नगरपालिका ११ नम्बर वडा कार्यालयको अगाडि रहेको सार्बजनिक मैदानको छेउमा खेलाउने गरेको स्थानीय ब्यवसायी प्रशान्त शर्मा भन्छन् ।स्थानीय सन्चारकर्मी दिपक राईले ईलाका प्रहरी कार्यालयमा पटक पटक जानकारी गराउदा पनि एक घन्टा ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रतिक्षालयमा राखेर ईलाका प्रहरी कोहलपुरले छोड्ने गरेको बताए। यसरी पहाडी जिल्ला बाट औषधि उपचार तथा सामान किनमेल गर्न भनी आएका नागरिकलाई प्रलोभनमा पारी जुवा खेलाउने जस्मा आफ्ना साथिलाई समेत खेलाएर फसाउने र उनिहरुसँग भएको पैसा धुत्ने काम गरि रहदा स्थानीय प्रहरी प्रशासण भने यस्ताखाले नागरिक ठगीमा पर्ने घटनालाई हल्का रूपमा लिएको देख्न सकिन्छ । केही महिना अगाडि मात्र स्थानीय गोमा कार्किको छिमेकमा दैलेख देखि आएका पाहुनालाई त्यसैगरी जित्नुहुन्छ भन्दै १५ हजार करिब नगत तिनै जून खेलाउने समूहले लिए पछि ईलाकामा मुद्वा हाल्ने धम्की दिएपछि पैसा घरमा आएर फिर्ता गरेको बताउँछन् । यो त उदाहरण मात्र हो सोमबार बिहान करिब ११:०० बजे जुवा खेलाई रहँदा समेत कोहलपुर प्रहरी साच्चिकै कमाउ धन्धामा लागेकै हो त भन्ने प्रश्नलाई साबित गर्दै गरेको पुष्ठि हुन्छ।
ठगी धन्दामा भित्र हालेर सजाय दिन नसक्नु र यसरी खुल्लेआम जुवा खेलाउनुले कोहलपुरको सुरक्षामा थप चुनौती थपिएको छ।खुल्लेआम जुवा खेलाउदा समेत प्रहरी प्रशासन मौन हुनुको कारण खोज्दै जाने छौँ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments