बाँके जिल्लाको कोहलपुर नगरपालिका १५ भित्र पर्ने रंगिलाचोकको दक्षिण पश्चिममा ब्यवसायिक रुपमा करिब २६ कठ्ठा जग्गा पलटिङ्ग गरिएको छ। स्थानीय सरकारले चुनावको मुख नजिक पुग्दै गर्दै लोकप्रिय काम गरेर जनताको मन जित्न हरेक सेवा सुबिधा स्थानीयलाई खुशी बनाउन गरेको बुझिन्छ तर कोहलपुर नगरपालिका १५ स्थित मतवृद्धि गर्ने र लोकप्रिय बन्ने उदेश्य देखिएदेखीय पनि जग्गा ब्यवसायीलाई पोस्ने गरि स्थानीय सरकारले निजि जग्गा पलटिङ्ग गरेको जग्गामा ग्राबेल हाल्ने देखि लिएर सरकारी रकम बाट विद्युतको पोलमा लगाएर उल्टो काम भएको छ भने निश्चित जग्गा ब्यवसायिहरुको स्वार्थमा सडकमा हुने विद्युतको पोल स्थानीय नागरिकको जग्गाको बिचमा लगानै मासिदिए पछि ।
स्थानीयको भनाई अनुसार र पहुँचको भरमा आफ्नो जग्गा काम नै नलाग्ने गरि पोल लिएको मात्र नभएर ब्यक्तिको अनुमती बिना नै आदाभन्दा धेरै जग्गा सडकनै बनाईदिएको छ । उहाँ भन्नुहुन्छ कुनै ब्यवसायीको हितको लागि आफ्नो जग्गा मासेर बाटो बनाउनुका साथै विद्युतको पोल बिचखेतमा गाडिदिएर अन्याय गरेको बताउनु हुन्छ ।
वडा अध्यक्ष थारु भन्नुहुन्छ हामिले बस्तिको मागको आधारमा सडक खोलेको र विद्युतको पोल लगाएको हो अब त्यो पोल सार्ने काम स्वयंम जग्गा वालाको खर्चमा सार्नुपर्ने बतानुहुन्छ।मत वृद्धि गर्ने नाममा ब्यक्तिको जग्गा मासिएको अवस्य छ त्यो सडकको मुहाब्जा र बिचखेतमा लगाएको पोल सार्नको लागि सिफारिस हो हामीले गर्ने पोल सार्ने काम हैन ।स्थानीय सरकारले राम्रो गरेको कामहरु सबै आफै गरेको नराम्रो बिगृएको जति सबै कामहरु निर्माण ब्यवसायी अथवा अन्यलाई जिम्मा लगाएर आफू पन्छिने गरेको पाईएको छ।