कोहलपुर नगरपालिका ५ नम्बर वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले मंगलबार वडा कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ।
उक्त पदभार सँगै पुर्ब अध्यक्ष र सदस्यहरुलाई बिदाई नयाँलाई स्वागत गरिए सँगै नवनिर्वाचित अध्यक्ष श्रेष्ठ महिला सदस्य सीता कार्की दलित महिला सदस्य सीता कुमारी नेपाली खुल्ला सदस्य कृष्ण कुमारी बुढा र देउमान डाँगीलाई वडा सचिव लगाएत कर्मचारीहरुले माला खादा अबिर लगाएर स्वागत गरेका थिए।
पदभार सँगै पहिलो निर्णय सिद्वार्थ माध्यमिक विद्यालयलाई कक्षा १२ सम्म बनाउने स्वास्थ्यका दक्ष जनशक्ति सहित निशुल्क प्रसुती सेवा शुरु गरिने छ । सामाजिक सुरक्षा भत्ता बितरण प्रणालीलाई सहजीकरण गरेर घरमै पुर्याउने अथवा जेष्ठ नागरिकहरुलाई लाईनमा बस्ने बाध्यताको अन्त्य गर्ने छ।
मापदण्ड पूरा गरिएको सडक मात्र कालोपत्र गरिने कालोपत्र गरिने मापदण्ड सडकनाली निर्माण गरेर सुरक्षीत ढल निकास गरिने जनपक्षीय निर्णय गर्न सफल भएको छ।
वडा अध्यक्ष श्रेष्ठले दीर्घकालीन योजना निर्माण गरेर आगामी ५ बर्षमा वडालाई समुन्नत वडा बनाउने उद्घोष गर्नुभएको वडा सदस्य सीता कार्कीले जानकारी दिनुभयो ।