कोहलपुर १० असोज
बाँकेको कोहलपुर नगरपालिका स्थित कौसिल्या अस्पताल प्रालीमा इन्डोस्कोपी सेवा सुरु भएको छ । कोहलपुरमा निजि स्तरबाट संचालित कौसिल्या अस्पताल प्रालीमा इन्डोस्कोपी सेवा सुरु भएको हो । अस्पतालका प्रबन्ध निर्देशक राम प्रसाद न्यौपानेले बिरामीले इन्डोस्कोपी सेवा लिन नेपालगज जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सुलभ दरमा इन्डोस्कोपी सेवा गरिएको बताए ।
कोहलपुरमा एकुपञ्चर सेवा दिईरहेको कौसिल्या अस्पताल प्रालीमा पछिल्लो समय मुटुको एक्सरे,डिजिटल एक्सरे,कलर डप्लर,जनरल अप्रेसन,सेवा समेत सुरु गरेको छ । अस्पतालले २४ घण्टा आपतकालिन सेवा तथा एम्बुलेन्स सेवा थप संचालन गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।
२५ शैयामा संचालनमा रहेको सो अस्पतालमा नशा सम्बन्धि उपचार मात्र नभएर सबै प्रकारका उपचारहरु सेवा रहेको अस्पतालले जनाएको छ । सामाजिक क्षेत्रमा समेत काम गरिरहेको अस्पतालले ६० वर्ष पुगेका जेष्ठनागरिक,अपाङ्गता भएका नागरिक तथा विपन्न नागरिकहरुलाई १० प्रतिशत छुट दिइने व्यवस्था गरेको छ । अस्पतालमा विशेष गरी नशा सम्बन्धि विरामीहरुको चाप बढ्ने गरेको अस्पताल स्रोतले जनाएको छ ।