बैजनाथ सम्बादाता
शनिबार २७ भदौ
बाँकेको बैजनाथ गाउँपालिकाले संचालन गरेको सुर्योदय माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा १०६ जना मध्ये ४६ जना पि सि आर रिपोर्ट नेगेटिभ आएपछि घर गएका छन हाल ६० जना सुर्योदय माध्यमिक बिद्यालय बैजनाथ १ चिसापानीको क्वारेन्टाइनमा छन् ।
अहिले क्वारेन्टाइनमा बस्नेमध्ये सबै दोश्रो मुलुक भारतमा ज्यालादारी मजदुर गर्न आएर बसेको वडा अध्यक्ष रुप बहादुर मल्लले बताए। क्वारेन्टाइनमा बसेको ७ दिनमा पि सि आर चेक गरिने गरिएको छ भने त्यसको ७२ घन्टापछि मात्र भेरी अस्पताल नेपालगन्ज को ल्याब बाट आएको रिपोर्टको आधारमा आईसोलुसन वा घर पठाउने गरिएको अध्यक्ष मल्लले बताए ।
त्यसैगरी क्वारेन्टाइनको खाना नास्ताको ब्यवस्थापन
बिहान ७:०० बजे चिया बिस्कुट, खाना ११:०० बजे दिउँसोको नास्ता ३:०० बजे र बेलुका ६:०० बजे खाना खुवाउने गरिएको कार्यपालिका सदस्य संगिता सुनारले बताए ।
उक्त क्वारेन्टाइन दुई जना गर्भवती महिला १३ जना बालबालिका १५ जना पुरुष ३० जना महिला गरि कुल ६० जना रहेका छन् ।बिगतको क्वारेन्टाइन खर्चमा पनि प्रतिब्यक्ती ३ सयका दरले ब्यवस्थापन गर्ने भनियता पनि क्वारेन्टाइनमा मेस संचालन गरेर प्रतिब्यक्ती १ सय ७६ रुपैयाँ प्रतिदिन खर्च भएको थियो।यसरी कम खर्चमा ब्यवस्थापन गर्न कार्यपालिका सदस्य संगिता सुनार वडा सदस्य गोरख बहादुर बुढा, कालिकोईला बुढा र मर्थरी थारु लगाएतको सक्रियतामा क्वारेन्टाइनको ब्यवस्थापन राम्रो गर्न सम्भव भएको वडा अध्यक्ष मल्ल बताएका छन् ।