Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियखजुरामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा: मल्ल

खजुरामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा: मल्ल

खजुरा ९ असोज

बाँके जिल्लाको खजुरा गाउँपालिकामा शनिबार एकीकृत अखिल शिक्षक संगठन नेपाल खजुराका अध्यक्ष श्री धनबहादुर बस्नेतकाे अध्यक्षतामा बाँके जिल्ला एकीकृत अखिल शिक्षक संगठन नेपालका अध्यक्ष श्री कर्णबहादुर मल्लकाे प्रमुख आतिथ्यतामा बसेकाे एकिकृत अखिल नेपाल शिक्षक संगठन (UANTO) खजुरा गाउँपालिको दोस्राे गाँउ परिषदबाट निम बहादुर मल्लको अध्यक्षतामा १९ सदस्यीय खजुरा गाउँपालिका कार्यसमिति गठन भएको छ।
निर्वाचित पदाधिकारीहरुको नामावली यसप्रकार रहेको छ:-
अध्यक्षः श्री निम बहादुर मल्ल
बरिष्ठ उपाध्यक्षः श्री माेतिराम अधिकारी
महिला उपाध्यक्षः श्री पवित्रा बैगार
उपाध्यक्षः श्री इमरान खान
सचिवः श्री डम्वर खत्री
काेषाध्यक्षः श्री पदम बहादुर शाही
सहसचिवः श्री निर्मल खत्री
सदस्यहरुः
१. श्री मेनुका के सी
२. श्री भीम भण्डारी
३. श्री कृपाराम यादव
४. श्री सूर्य कुमार बाेटे
५. श्री पार्वती देवकाेटा
६. श्री जियाउल खाँ
७. श्री नरेन्द्र ददेल
८. श्री कल्पना खड्का
९. श्री प्रताप बराइली
१०. श्री भिमा बस्नेत
११. श्री खुमानन्द आचार्य
१२. श्री नाम बहादुर बिक
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मल्लले शिक्षक पेशा समाजमा मर्यादित पेशा हो जहाँ बाट राजनेता देखि कलाकार सम्मको पहिलो पाठशाला नै शैक्षिक संस्था भएकाले त्यसमा अध्यापन गराउने शिक्षकको ठुलो भुमिका हुन्छ त्यसैले आफ्नो मर्यादालाई नभुलीकन आफ्नो कर्तव्य निर्बाह गर्नु का साथै गुणस्तरीय शिक्षामा जोड दिन शिक्षकहरुलाई अनुरोध गरेका थिए ।
नेकपा माओवादी केन्द्र पार्टी प्रदेश कमिटी सद्स्य डम्बर बिक (तुफान)खजुरा गाउँपालिका कमिटी अध्यक्ष राजकुमार बिक प्राध्यापक डा. इन्द्र बहादुर भन्डारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमका अध्यक्ष  धन बहादुर बस्नेत कार्यक्रम  समापन गरेको जानकारी खजुरा गाउँपालिका नेकपा माओवादी केन्द्र सदस्य जनक के सि ले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments