खजुरा बाँके
बाँके जिल्लाको खजुरा गाउँपालिका अध्यक्ष डम्मर बि क (तुफान) निर्वाचनको घोषणापत्रमा भएको नीति जनताको माझमा लिएर गएपछि जनताले अनुमोदन गरेर स्थानीय सरकारका लागि बिजय गराएकाले अब स्थानीय जनताले प्रत्येक्ष सरकारको महसुस गर्ने गर्नेछन् ।
आफ्नो पृष्ठभुमि सामान्य एउटा गरिब दलित परिवारको भएकाले बिपन्न अति बिपन्न जनताको स्तरोन्नति गर्नुनै आफ्नो कार्यकालको उदेश्य भएको बताउनुहुन्छ। खर/फुसको छानो मुक्त एवं जनता आवास योजना अन्तर्गत खजुराबासी आम नागरिकको जनस्तरमा बिकाश कृषि र पशुपालन कार्यक्रम अन्तर्गत हरेक त्यस्ता परिवारहरुका लागि स्थानीय सरकारले आत्मनिर्भर बनाउनुका साथै जिबनस्तरमा उठाउन कामलाई प्राथमिकताका साथ अगाडि लिने योजना रहेको बताउनुहुन्छ।
गरिब तथा जेहन्दार बिद्यार्थिहरुका लागि बिशेष प्याकेज तयार गरिने छ। शिक्षा माध्यमिक तह निशुल्क भनियतापनी आवश्यकता अनुसार शिक्षक दरबन्दी नभएकाले शिक्षालाई पुर्ण रूपमा निशुल्क गर्न केही कठिनाई छन् त्यस्ताखाले समस्यालाई समाधान गरेर खजुरा क्षेत्रलाई पश्चिम नेपालक्षेत्र कै शिक्षाको हब बनाउने योजना छ।किनभने बाँके जिल्लामा एउटा स्थानीय तहमा दुईवटा नमूना बिद्यालय प्राबिधिकधार सहित अध्यापन गराईएको छ भने लुम्बिनी प्रदेशको प्रादेशिक कृषि विश्व बिद्यालय संन्चालनको तयारीमा छ।जनताले आफ्नो जिबनमा परिवर्तन आएको महसुस गर्ने गरि बिकास गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।
खजुरा क्षेत्रमा उत्पादन हुने नगदे बालि कृषिको लागि मल बीउ र प्राबिधिक सहयोग खाद्यान्न उत्पादनका लागि मल बीउ सहयोग गरिने छ। जुन एउटा वडामा ५-९ वटा टाेल बिकास समिति निर्माण गरिएको छ हरेक योजना टाेल बिकास मार्फत बिकास गरे मात्र स्थानीय जनताले प्रत्येक्ष महसुस गर्नेछन् त्यसैले टाेल र बस्तीस्तरमा समिति निर्माण गरिएको हो।पशु पकेट,एउटा वडा ५ पकेट क्षेत्र अनिवार्य बनाउने कार्यक्रमले हरेक घरमा जानेगरी बिकास हुन्छ।स्थानीय सरकार भनेको प्रत्येक्ष जनता बाट निर्बाचित हुने भएकाले यो सरकार जनसरकार नै हो।
एउटा वडामा ५-९ वटा टाेल बिकास समिति मार्फत बिकास गर्ने र बिस्तारै बिकास गर्दै जाँदा समाजवाद उन्मुख एउटा नमूना पालिका निर्माण गर्ने मुख्य उदेश्य भएकाले खजुरालाई बिकास गर्न सबैको सल्लाह सुझाव सबैको एकताको आवश्यकता पर्छ।बिगतको स्थानीय सरकारले गरेका राम्रा योजना र कामहरुलाई निरन्तर दिईने छ र नयाँ मोडेल बाट बिकास शुरु गरिने छ। यहाँ कुनै पावर र पहुँचको कुरा हुने छैन जुन टाेलमा बस्तीमा जस्तो योजना आवश्यक पर्छ टाेल सुधार समितिको माग आउँछ त्यसलाई पूरा गर्न आफू र आफ्नो सम्पुर्ण टिम लागि परेको अध्यक्ष बि क ले बताउनुभयो।