बाँके खजुरा गाँउपालिका को वडा नं.४ मा शुक्रबार श्री मिलिजुली स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सहकारी पसल सञ्चालन भएको छ ।
प्रमुख अथिति कृषि, भूमि तथा सहकारी मन्त्री आरती पौडेल द्वारा उद्घाटन भएको श्री मिलीजुली स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी पसलको उद्घाटनमा, अतिथि लुम्बिनी प्रदेशका क्षेत्र नं. ३ का माननीय आइ. पी खरेल, खजुरा गाँउपालिका उपाध्यक्ष एकमाया वि.क, ४ नं वडा अध्यक्ष तिलकवीर सुनार,जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी,युवा नेता राजकुमार वि.क, नेकपा खजुरा अध्यक्ष भिम वली लगायतको उपस्थिति रहेको थियो । सहकारीलाई स्थानीय, प्रदेश, र संघ सरकार तीनै सरकारले सहकारी मार्फत कृषिलाई व्यवस्थापन, प्रोत्साहान गर्ने, निबजारीकरण जिम्मा लिनु पर्ने कृषि, भुमि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ । कार्यक्रममा खजुरा गाँउपालिका उपाध्यक्ष एकमाया वि.क.सहकारी मार्फत कृषिलाई बढावा दिने जोड दिनुभयो ।
सहकारीहरुले किसान हरु लाई प्रोत्साहन गर्न अनुदान होइन, सीपमूलक तालिम को व्यवस्था गर्नुपर्छ माननीय आई. पी खरेल भन्नु हुन्छ । कार्यक्रमा बोल्दै युवा नेता राजकुमार वि.कले नेपाल सरकारले धानको मूल्य तोकेको कम मूल्यमा धान बेच्न बाध्य भएको र कृषकहरुको सबैभन्दा बढी मारमा रहेको भन्दै गुनासो गर्नुभयो ।
खडकवलीको सभापतित्वमा भएको कार्यक्रम मा सहकारीका अधिकांश शेयरधनीहरु उपस्थिति रहेको थियो ।