Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियखजुरामा ७ सय बढी नेकपा एकीकृत समाजवादीमा प्रवेश

खजुरामा ७ सय बढी नेकपा एकीकृत समाजवादीमा प्रवेश

नेपालगन्ज २६ भदौ

बाँकेको खजुरा गाउँपालिका ७ सोनपुरमा शनिबार एमाले परित्याग गरि करिब ७ सय जना नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेका छ्न । पुर्ब प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधब कुमार नेपालको प्रमुख आतिथ्यमा खजुरा गाउँपालिका ७ का नेकपा एमाले पार्टीका नेता ७ सय बढि नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी का कर्णाली प्रदेश सभा सदस्य एवं भौतिक योजना मन्त्री अम्मर बहादुर थापा केन्द्रिय सदस्य दल बहादुर सुनार जिल्ला अध्यक्ष अशोक कोइराला नेताहरू अब्दुल हुसैन खाँ होमनाथ सापकोटा कर्ण बहादुर खत्री लाल बहादुर खत्री कप्तान पाठक गोपाल सुनार माईलाल सुनार हजुरा बम लगाएतका नेता कार्यकर्ता भेला एवं पार्टी प्रबेश कार्यक्रममा उपस्थित भएका थिए।
मन्त्री थापाले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रबेश गर्ने सबै नव आगन्तुक नेता कार्यकर्तालाई नेतृत्वले जनभावना अनुसार काम गर्ने बताएका हुन् ।केन्द्रिय सदस्य सुनारले खजुरामा टर्च बाकेर खोज्नुपर्ने हावादारी कुरा गर्ने एमालेका नेता कार्यकर्तालाई तपाईं तथ्यहिन राजनीति गर्न छोडनु अब बैचारिक लडाइँ लड्नका साथै संघीय सान्सद नन्दलालको गाउँमा कार्यकर्ता भेलालाई तिजको दर सङ्या दिने तपाईं आज यहाँ सोनपुरमा आएर हेर्न समेत भने भने आफुहरु सधैं जनताको पक्षमा जनताको हितमा काम गर्ने खुल्ला मन्च बाट प्रतिबद्धता जाहेर गर्नुभयो ।
प्रमुख अतिथी माधब कुमार नेपालले हिन्दी भासण गर्दै भने “रस्सी जलकर राख हो गई मगर ऐठन नहिं गई”भनेर केपि ओलितिर ईसारा गर्दै अन्तमा एक्लो भएर खम्बा ढल्ने बताउनुका साथै स्थानीय तह प्रदेश प्रमुख देखि प्रदेश सरकार संघीय सरकारमा पार्टीका तर्फबाट मन्त्री बन्ने भएकाले नागरिकहरुका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

शनिबार नै बाँके जिल्लामा नेकपा एकीकृत समाजवादी पार्टी नेपालको जिल्ला पार्टी कार्यालय स्थापना अध्यक्ष माधव कुमार नेपाल र पार्टी जिल्ला अध्यक्ष अशोक कोइराला कर्णाली प्रदेश का भौतिक पुर्बाधार मन्त्री अम्मर बहादुर थापा केन्द्रिय सदस्य दल बहादुर सुनार लगाएतका नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उपस्थितिमा नेपालगन्ज टाँङ्गा स्टेशन नजिक धर्मशालाको हलमा जिल्ला पार्टी कार्यालय स्थापना गरिएको जिल्ला नेता अब्दुल हुसैन खाँ ले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments