Thursday, November 21, 2024
spot_imgspot_img
Homeस‌स्कृतिखजुरा एफ गाउँ किरण भवानीमा धार्मिक महोत्सव शुरु

खजुरा एफ गाउँ किरण भवानीमा धार्मिक महोत्सव शुरु

बाँके: खजुरा गाउँपालिका ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा बुधबार देखि धार्मिक महोत्सवको लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले महोत्सवको उद्घाटन गर्नुभएको थियो।
कात्तिक १५ देखि २२ गतेसम्म आयोजना हुने धार्मिक महामहोत्सवको उद्घाटन बिहान ९ बजे मन्दिर परिसरबाट बिशाल कलशयात्रा सहित गाउँ परिक्रम गरेर कलस यात्रा मन्दिर प्राङ्गणमा प्रवेश गरेको  महोत्सव मुल आयोजक समिति संयोजक खड्क वलीले जानकारी दिनुभयो ।

परापुर्बकाल पुरानो मन्दिरको ब्यवस्थापनका लागि “बाँके खजुरा धार्मिक महा महोत्सव ” को आयोजना गरिएको हो ।
करिब एक विघा क्षेत्रफलमा रहेको मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने समितिको योजना रहेको संयोजक ओलिले बताउनुभयो ।

उक्त धार्मिक महा महोत्सवको उद्घाटन कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर ४ एफ गाउँ  स्थित किरण भवानी मन्दिर प्राङ्गणमा महायज्ञकाे कलस यात्रा तथा उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकार का अर्थ मन्त्री धन बहादुर मास्कीको प्रमुख आतिथ्य एवं अतिथि रत्न खत्री, बादशाहा कुर्मि, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान ) वडा अध्यक्ष टेक बहादुर राेका लगाएत जनप्रतिनिधि विभिन्न राजनैतिकदलका प्रतिनिधि समाजसेवी शिक्षक युवा संघसस्थाका प्रतिनिधि, बिधालयका अध्यक्ष तथा प्रअ ,शिक्षक स्थानीय नागरिक लगाएत धार्मिक ब्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको संयोजक ओलिले जानकारी दिनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments