नेपालगन्ज । खजुरा गाउपालिका (कांग्रेस माओवादी) गठबन्धनका अध्यक्ष डम्बरबहादुर बिकको तुफान नाम नै काफी छ । जनयुद्धका बेला बाँके र बर्दियाको कमान्डर समाली सकेका तुफान खजुरा गाउबासीका प्रिय नेताका रुपमा चिनिन्छन । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी प्रचार-प्रसार ह्वात्तै बढेको छ । सबै दलका नेता कार्यकर्ताहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा खटिसकेका छन् ।
२०७४ को निर्वाचनमा झिनो मतले हार्नु भएका तुफान आगामी बैशाख ३० गते हुने निर्वाचनमा सहजै जित हासिल गर्न सकिनेमा ढुक्क भएको बताउनु हुन्छ । नेकपा माओवादी केन्द्रका बाँके जिल्ला समन्वय समिति संयोजक समेत हुनुभएका तुफान खजुराका बस्तीमा बेग संग कुदिरहेका छन् । जानताका प्रिय नेता तुफान डाइनामिक योजना बनाउन सक्ने नेताका रुपमा चिनिन्छन । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट सर्वसम्मत अध्यक्ष पद प्राप्त गरेका तुफानले गोलाकार भित्रको हसिया हतौडामा जनताले ढुक्क संग मतदान गर्ने बताउनु छन् । खजुरा गाउपालिका नयाबस्तीकी दुर्गा बिष्टका अनुसार अबको खजुराको अध्यक्ष तुफानै हुने बताउछिन् ।
जनताको काममा रातदिन नभनी खटिने नेता तुफान नै योग्य उम्मेदवार भएको खजुरा बि गाउकी सुनित बिकले गुडन्युज खबरलाइ बताइन् । बैशाख १२ गते मनोनयन दर्ता गरे संगै अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष लगायत सदस्यका उम्मेदवार आ-आफ्नो जित सुनिश्चित गर्न प्रचार प्रसारमा लागेका छन् ।