नेपालगन्ज : बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितीको अध्यक्षमा किशोर थापा मनोनित भएका छन ।युवा समाजसेवी थापालाई नेपाल सरकार स्वास्थ मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट मनोनयन गरिएको हो ।
पश्चिम क्षेत्रका जनताले महायज्ञबाट सुरु गरिएको जनताको प्रत्यक्ष सहभागिताबाट निर्माण गरि हाल नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको खजुराको क्यान्सर अस्पतालको अध्यक्षमा थापा मनोनीत भए संगै अस्पतालले गति लिनेमा बिश्वास गरिएको छ ।पछिल्लो समय बाँकेमा राजनैतिक तथा समाजसेवामा सकृय थापाले खजुरा क्यान्सर अस्पताललाई नयाँ उचाइमा पुराउन महत्त्वपूर्ण योगदान पुराउन सक्ने भन्दै स्थानियद्वारा खुसी ब्यक्ती गरिएको छ ।