नेपालगन्ज :बाँकेबाट आईतवार खजुरागाउँपालिकाकाअध्यक्ष किश्मत कुमारकक्षपतिसहित२३ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन् ।स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेबाट खजुरा गाउँपालिकाका अध्यक्ष किश्मत कुमार कक्षपति, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित ११ महिला र १२ पुरुष गरी २३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई भदौ २८ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ३४ पुगेको छ ।
फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्न आइसोलेसन केन्द्रमा ३ सय ५९ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ५ रहेको छ भने १२ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।