बाँके:खजुरा गाउँपालिका ४ एफ गाउँमा रहेको किरण भवानी मन्दिर ब्यवस्थापन समितिले सुबिधा सम्पन्न सत्सग हल निर्मानार्थ सप्ताहब्यापी भागवत महायज्ञ संचालन गर्न प्रचारप्रसार लाई तिब्रता दिएको महायज्ञ ब्यवस्थापन मुल समिति संयोजक खडक ओलीले जानकारी दिनुभयो ।
परा पुर्ब कालदेखि बस्ती नबस्दै बनेको उक्त किरण भवानी मन्दीर कती पुरानो भन्ने प्रमाणको रूपमा मन्दीरको घण्टी फेला परेको छ।तत्कालीन अवस्थामा यादव समुदायले गाई भैसी चराउने ग्वालाले फेला पारेको किमदन्ती छन् ।
बिगत देखि नै हिन्दुधर्मालम्बीहरुले विभिन्न औंसी पुर्णिामामा पुजा आजा गर्दै आएको किरण भवानी मन्दिरमा भगवती शिव वागेश्वरी काली माता र भगवतीको स्थानीयहरुले पुजा गर्दै आएका छन् ।
श्री किरण भवानीको प्राङ्गणको चारैतिर सुबिधा सम्पन्न पर्खाल निर्मानार्थ आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म बाँके खजुरा एफ गाउँ धार्मिक महामहोत्सव २०८० आयोजना गरीने मुल समिति संयोजक खडक बहादुर ओलीको अध्यक्षता एवं खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि क “तुफान”को प्रमुख आतिथ्यमा पर्खालको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
उक्त खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल खजुरा गाउँपालिका ४ का वडा अध्यक्ष टेक बहादुर रोकाय क्षेत्री
बैजनाथ ७ का वडा अध्यक्ष दिनेश कुमार थारु नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका अध्यक्ष राज कुमार बि क वडा सदस्य बल बहादुर कठायत वडा सदस्य लिला सुनार लगाएत स्थानीयहरुको उपस्थितिमा शुक्रबार भब्य सुबिधा सम्पन्न संत्सग भवन निर्मानार्थ धार्मिक महामहोत्सव आयोजना गरिने भएको छ।
स्थानीय खजुरा जानकी कोहलपुर र बैजनाथको सिमामा पर्ने खजुरा ४ एफ गाउँमा रहेको किरण भवानी मन्दीरको संरक्षण प्रबर्द्धन गरेर धार्मिक पर्यटकिय स्थलको रूपमा स्थापना गर्न मन्दिरको नाममा रहेको जग्गा छुट्टयाउने काम सम्पन्न भएको छ। उक्त मन्दिरको नाममा १९ कठ्ठा ६ धुर जग्गा संरक्षण गर्न घेराबार पर्खाल शिलान्यास गरेर शुभ कार्यको शुरुआत गरीएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले जनताको साथमा छौँ,यो किरण भवानी मन्दिर लाई धार्मिक पर्यटकिय क्षेत्र बनाउन र धार्मिक पर्यटन भित्र्याउन स्थानीय सरकारले गर्ने आवश्यक सहयोगको पुर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उपाध्यक्ष मल्लले मुठिदान गरेर जे जती सकिन्छ यो पौराणिक मन्दिर किरण भवानी मन्दीर परिसरमा आयोजना गरिन थालेको युवाहरूलाई धार्मिक आस्थामा परिणत गर्न स्थानीय जनताको साथमा भएको प्रतिबद्धता जाहेर गर्नु भयो।
अध्यक्ष बि क ले स्थानीय नागरिकलाई आयआर्जनको स्रोत बनाउन धार्मिक आस्थाको केन्द्र लाई ब्यवस्थीत गर्न स्थानीय जनतासँगै मन्दिर ब्यवस्थापन समितिले गरेको प्रयास लाई धन्यवाद ब्यक्त गर्दै प्रदेश र संघीय सरकार पुरातत्व बिभाग सबै बाट यो पौराणिक मन्दीरका लागी श्रोत सुनिश्चित नभए स्थानीय सरकार कमी भएको रकमका कारण काम बन्द नहुने र जुन समितिले ५ बर्षिय योजना बनाएकोले योजना अलपत्र नहुने स्थानीय सरकारले यस्को ब्यवस्थापन गर्ने अध्यक्ष बि क ले प्रतिबद्धता जाहेर गर्नुभयो उक कार्यक्रम स्थानीय खुम्ब गीरीले संचालन गर्नुभएको मन्दिर ब्यवस्थापन समिति महामहोत्वब संयोजक खडक ओलीले जानकारी दिनुभयो ।