खजुरा गाउँपालिका ६ नम्बर वडा अध्यक्षमा युवा समाजसेवी नबराज बमले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
बमसँगै सदस्य पदमा रमित बि क ,सुनिता बि क ,स्मृति नेपाली गरि कुल ४ जनाले निर्वाचन अधिकृतको कार्यालयमा जुलुस सहित गएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
सधैं पार्टीको झन्डामुनि बसियो धेरैलाई सुकुम्बासी बस्तिको समस्या सुनाईयो तर केही भएन प्रचारप्रसारमा आउदा हामीलाई जिताउनुहोस लालपुर्जा दिन्छौं भनेर उधारो आश्वासन दिने जितेर गएपछि सबै बिर्सने त्यसैले अब बस्ती बाट नै उम्मेदवारी दिन बाध्य भएका हौं भनेर बमले बैजनाथ दैनिकलाई बताउनुभयो ।