काठमाडौं
बुधबार १६ भदौ
काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड)बुधबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माननीय झलनाथ खनालको स्वास्थ्य अवस्था बारे जानकारी लिन खनालको निजि निवास डल्लुस्थित निवासमा पुगेर अध्यक्ष प्रचण्डले उहाँको स्वास्थ्यलाभको कामना गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रचण्ड खनाल निवास डल्लु पुगेका थिए।सोमबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रचण्ड त्यहाँ पुगेको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रचण्डले खनालको स्वास्थ्य लाभको कामना गरेका छन्।