बाँके:बैजनाथ गाउँपालिका स्थानीय सरकारलाई खाद्य अधिकार संजाल बैजनाथ बैजनाथका अध्यक्ष एकता शाह र फियान नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि सुरेश गौतमलेबिहिवार बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीलाई बजार अनुगमन र नियमनको लागी ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।
उक्त कार्यक्रम बैजनाथ गाउँपालिका स्तरीय खाद्य अधिकार संजाल अध्यक्ष एकता शाह लगाएत खाद्य अधिकार संजालका पदाधिकारी र फियान नेपालका प्रतिनिधि सुरेश गौतम बैजनाथ ४ का वडा अध्यक्ष स्थानीय समाजसेवी सुरेश चन्द लगाएतको उपस्थितिमा स्थानीय सरकार प्रमुखको अध्यक्षतामा खाद्य अधिकार संजाल गठन गर्न सुझाव ब्यक्त गर्दै कार्यबिधी निर्माण र अन्य प्राविधिक सहयोग फियान नेपालले गर्न सक्ने साथै स्थानीय सरकारको साझेदारीमा कृषि सम्बन्धि कार्य गर्ने सकिने फियान नेपाल प्रतिनिधि गौतमले जानकारी दिनुभयो ।