बाँके:जानकी गाउँपालिका ४ मा बिगत एक बर्षदेखि खुल्ला चौपाया संरक्षण एवं ब्यवस्थापन संस्थाले नेपालगन्ज गुलरिया सडकमा छाडा छोडेका खुल्ला चौपाया नियन्त्रण गरेर ब्यवस्थापन गर्दै आएको अध्यक्ष गौरीलाल विश्वकर्मा लगाएत समितिले काम गर्दै आएको छ।
सडक दुर्घटनाको मुख्य कारण बनेको खुल्ला चौपाया दुध दिँदा सम्म पाल्ने थाकेपछि खुल्ला छाड्ने कार्य गर्दा यस्तो समस्या आएको हो।गोरुको हकमा जोत्न सक्ने भए सम्म जोत्ने बुढो भएपछि खुल्ला छाड्ने। यस्ता अनैतिक कार्य गर्नाले सडकमा पशु चौपाया असुरक्षित हुने र दुर्घटना हुने गरेको हो।
यस्तै खुल्ला चौपाया संरक्षण एवं ब्यवस्थापन संस्थाका अदालतले गौरीलाल विश्वकर्मा लगाएत ९ सदस्य समिति गठन गरेका छन् ।संस्था जिल्ला प्रशासन कार्यालय बाँके र समाज कल्याण परिषदमा बिधिवत रूपमा दर्ता गरेर संचालनमा ल्याईएको छ। खुल्ला चौपाया नियन्त्रण गर्ने कार्य बिगत १ बर्षदेखि शुरु गरीएको अध्यक्ष बिश्वकर्माले बताउनुभयो ।
नेपालको राष्ट्रिय जनावर गाई लाई खुल्ला सडकमा छोडेर दुर्घटनाको कारण बनाउने र सडक सुरक्षामा चुनौती ल्याउने कार्य कोई कसैले पनि गर्न नहुने बताउँदै अध्यक्ष बि क भन्नुहुन्छ:- शुरुमा नेपालगन्ज गुलाफ सडक बाट ३ वटा गाई ल्याएर शुरु गरेका हौं ।राष्ट्रिय जनावरको सुरक्षाका साथै गौशालालाई राष्ट्रिय स्तरको बनाउन संस्थाले कार्य थालनी गरेको बताए ।
स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार तीन तहको सरकारले यो खुल्ला चौपाया नियन्त्रण संरक्षण गर्न निति बनाएर काम गर्नुपर्ने उहाँकै भनाई रहेको छ।अल्पकालीन,मध्यकालीन र दीर्घकालीन तीन प्रकारले ब्यवस्थापन गर्न सकिन्छ । हामी दीर्घकालीन समाधानका लागी लागी परेका छौँ । २२ कठ्ठा जग्गा भाडामा लिएर १५ कठ्ठा जग्गामा घाँस रोप्ने काम सम्पन्न भएको छ।आगामी दिनहरुमा यसलाई अझै ब्यवस्थित गरेर बाँके जिल्लामा खुल्ला सिमानाका कारण भारत बाट आउने पशु पुर्ण रूपमा बन्द गर्ने र नेपालगन्ज कोहलपुर लगाएतका शहरका सडकमा खुल्ला छोडेका पशु चौपाया नियन्त्रण गरेर संरक्षण गर्न तयार भएको अध्यक्ष बि क ले जानकारी दिनुभयो ।