बैजनाथ सम्बादाता
बाँकेको बैजनाथ गाउँपालिकामा सयुक्त गठबन्धनका उम्मेदवार दिपेन्द्र शाह (युगान्त) र उपाध्यक्ष पदका उम्मेदवार टंकर नाथ योगिको टिमलाई जिताउन निर्वाचन नजिकिए सँगै चुनावी माहोल दिनप्रतिदिन चुनावी सरगर्मी तात्तिदै गएको झनै गठबन्धनको माहोलले नेता कार्यकर्ता देखि मतदाता समेत चुनावमा को कस्को साथमा हुने मतदाताले कस्लाई मत दिने भन्ने बारे चियो चर्चा चुलिनै थाल्दा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई जिताउन केन्द्रिय नेता देखि पुर्बमन्त्री सम्म चुनावको माहोल आफ्नो पक्षमा पार्न लागीपरेको पाईएको छ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी पोलिट ब्युरो सदस्य पुर्ब मन्त्री दल बहादुर सुनार नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य दल सिंह नाथ योगि र नरेन्द्र पान्डे (जेम्स) बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र शाह युगान्त उपाध्यक्ष पदका उम्मेदवार टंकर नाथ योगि बैजनाथ ६ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार हेमन्त राज खड्का बैजनाथ ६ वडा सदस्यका उम्मेदवार अम्मर नाथ योगि बैजनाथ गाउँपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष जय बहादुर बि क (प्रदिप)बैजनाथ उद्योग बाणिज्य संघ अध्यक्ष जनार्दन पोख्रेल स्थानीय अगुवा नेता कुल बहादुर सुनार लगाएतका नेता कार्यकर्ता लगाएत स्थानीयगरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
आफ्नो सम्पुर्ण जीवन नै जनसेवामा समर्पित गर्ने एउटा जनताको सेवक बनेर स्थानीय नागरिकहरुको सेवा गर्ने अवसर प्रदान गएन जनतामाझ अपिल गर्नुभएको छ।पहिले १८ बर्षको उमेरमा परिवर्तनको लागि लडाई लडेर फेरि करिब २३ बर्षपछि जनताको सेवामा आफुलाई समर्पित गर्ने छु आफुहरुले पाउने सम्पुर्ण सेवा सुबिधा पार्टी मार्फत जनतामा लगानी गरीने अध्यक्ष शाह र उपाध्यक्ष टंकर नाथ योगिले प्रतिबद्धता जाहेर गर्नुभयो ।
निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न पुर्ब मन्त्री दल बहादुर सुनार चुनावी मैदानमा उत्रिएपछि
नेकपा एमाले बाट नेकपा एकीकृत समाजवादी रोज्नेहरुको बैजनाथमा लहर नै आएको स्पष्ट खुलेर हामी दल बहादुर सुनार तथा गठबन्धनको पक्षमा उभिन शुरु गरेपछि बैजनाथ ६ मात्र हैन बैजनाथका वडा नम्बर १ देखि ८ सम्म सबै वडाहरुमा चुनावी माहोल साईलेन्स तरिकाले प्रवेश गरेपछि नेकपा एमालेका स्थानीय कार्यकर्ताहरु प्रवेश गर्दै
सुनार द्वारा सबैलाई स्वागत गर्नुका साथै क्रान्ति मार्फत समाजको रुपान्तरण विपक्षलाई परास्त गर्ने पुर्ब मन्त्री सुनारले बताउनु भएको नेकपा माओवादी केन्द्र बैजनाथका अध्यक्ष जय बहादुर बि क ले जानकारी दिनुभयो ।