खजुरा बुधबार ९ भदौ
बाँके जिल्लाको खजुरा गाउँपालिका ८ सुनौलो टाेलमा स्थानीय गनेश बहादुर शाही ५४ ले हातेमालो साना किसान कृषि सहकारी संस्था लि खजुरा गाउँपालिका का प्रबन्धक हुनुहुन्छ। साथै बिहान बेलुकाको समयलाई सदुपयोग गर्न उहाँले आफ्नो एउटा शाही गाई फार्म सन्चालन गर्नुभएको छ। बिगत २०७० सालदेखी गाई पाल्दै आएका शाही शुरूवातमा १० वटा होलिस्टेन र जर्सी जातका गाई पाल्दै आउनुभएको छ । हाल शाहिको गाई फार्ममा जर्सी गाई ४ वटा जर्सी गाई छन् जसमध्ये मध्ये ३ वटा दुहुना गाई छन् ।
तीन वटा गाईको प्रत्येक दिन शाहिले ३० लिटर दूध खजुरा स्थित जनता दूध उत्पादन सहकारी संस्था लाई बिक्री गर्नुहुन्छ ।गाईलाई स्याहारसुसार गर्न उहाँ लगाएत उहाँको श्रीमती र दुई जना छोरीहरुले घरको काममा सघाउनुहुन्छ।पारिवारिक रूपमा परिवारले नै उक्त गाई स्याहारसुसार गर्ने सबै काम गर्दै आउनुभएको छ। शाही आफ्नो दैनिकी बिहान ४ बजे देखि शुरु गर्दै ९ बजे सम्म गाई दुहुनेदेखी दूध खजुरा पुर्याउने काम पूरा गरेपछी आफ्नो कार्यालयको कामका लागि जानू हुन्छ र बेलुका ५ बजे घर फर्कनु हुन्छ यसरी पुनः आफ्नो गाई फार्ममा जुट्नु हुन्छ। शाही भन्नुहुन्छ यसरी दैनिक बिक्रि गरेको दुधको मासिक रु ४०-४५ हजार रुपैयाँ आउँछ । एक महिनाभरीको गाईलाई ल्याएको दाना र अन्य खर्च कटाएर करिब २० हजार मासिक बचत हुन्छ। यसरी आफ्नै देशमा श्रम गरे मनग्ये आम्दानी गर्न त्यसैले वैदेशिक रोजगारमा जाने लगानी बराबरको लगानी आफ्नै देशमा गरेर ब्यवसायिक रूपमा कृषि अथवा पशु पालन गरे स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गनेश बहादुर शाहिले उदाहरण दिनुभएको छ।