Friday, November 22, 2024
spot_imgspot_img
Homeराष्ट्रियगुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

गुल्मीमा अटो दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

बैजनाथ समाचारदाता गुल्मी
जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा अटो दुर्घटना भएको छ । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो शुक्रबार राती दुर्घटना भएको हो ।
दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका वडानम्बर–२ का १८ वर्षका सुरज विक रहेका छन् । विकको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालक रेसुङ्गा नगरपालिका–१२ का तेजबहादुर रानाको भने घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा तीन जना घाइते भएका छन् । अटो अनियन्त्रित भइ सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा सवार घाइते तीन जनामध्ये २ जनाको गुल्मी अस्पताल र एक जनाको पाल्पामा उपचार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments