कोहलपुर २० फागुन
बाँकेको कोहलपुर नगरपालिका ११ स्थित शान्तिनगर र डुडुवा (गन्धर्व टाेल) का स्थानीय नागरिकहरु द्वारा बिगत १२ दिन देखी कोहलपुर नगरपालिका कार्यालय घेराउ गरेर धर्नामा बसेका छन् ।बुधबार देखी रातदिन नगरपालिका घेराउमा रहेका स्थानीयले आफुहरुले राज्यबाट पाउने अधिकार नपाएसम्म नगरपालिका अनिश्चितकालका लागी धर्ना दिनुका साथै नभएर नगरपालिका बाट प्रदान गरिने सम्पुर्ण कामकाज ठप्प पार्ने आन्दोलनमा आएका स्थानीय रोशन खत्रीले बताएका छन् ।उनीहरूले गत फागुन ५ गते पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरिएको थियो तर आज १२ दिन पुग्दा समेत स्थानीय सरकार मौन देखिएको उनीहरूले आरोप लगाएका छ्न ।
२०५४ सालदेखि बस्दै आएका छौँ । यस अघिको सुकुम्बासी आयोगले फारम भर्यो र सुकुम्बासी लालपुर्जा दिएको छ र सुकुम्बासी परिचयपत्र पनि दिएको छ त्यो सुरक्षीत हामिसंग छ गएको चुनावमा भोट हाल्यौ मतदाता नामावली पनि हामीले सुरक्षीत राखेका छौँ । हाम्रो भोट चल्ने हाम्रो अधिकार दिन नसक्ने सरकार हाम्रो कामको छैन स्थानीय जानकी पुन मगरले भनिन अहिलेसम्म उनीहरूको माग प्रति स्थानीय सरकार गम्भीर नभएको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् ।
हाम्रो मुख्य मुद्वा भनेको बसाइँसराइ दर्ता घर कर सहितको फारम भर्ने हो भने आवश्यक छानबिन गरेको खण्डमा हामी तयार छौँ तर आज १२ दिनसम्म पनि यस्को सुनुवाइ भएको छैन अब आगामी दिनमा आन्दोलन अझै शसक्त भएर जानेछ र आन्दोलन बाट भएको सम्पुर्ण क्षतिको जिम्मेवारी कोहलपुर नगरपालिकाले लिनुपर्छ । अब हामिसंग ।स्थानीय सरकार लाई लाग्न सक्छ कि यस्तै आन्दोलन गर्छन् अनि जान्छन् यसो हैन स्थानीय सरकारलाई हेक्का होस् कि २०६२-०६३ को १९ दिने आन्दोलनले तत्काल तानाशाहको अन्त्य गरेको थिय अब कोहलपुर नगर सरकार लाई जनता कुन स्थानमा पुर्याउछन ।त्यो हेर्न बाँकी छ थापाले भने।