Tuesday, December 3, 2024
spot_imgspot_img
Homeराष्ट्रियघनश्याम भुसाललाई नेकपा एसमा स्वागत

घनश्याम भुसाललाई नेकपा एसमा स्वागत

काठमाडौं । बामपन्थी नेता घनश्याम भुसाललाई शुक्रवार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको स्वघोषणा गरी पार्टी कार्यालय पुग्नु भएका भुसाललाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको हो ।
केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो– “हामीले आफ्नो पार्टी मात्र होइन नेपालको सिङ्गो कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु पर्छ , त्यसका लागि घनश्यामजी हाम्रो अभियानमा जोडिनु भएको छ उहाँलाई पार्टीमा स्वागत छ । ”
कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले भुसाल पार्टीमा समाहित भए पछि देशभरका युवाहरूमा आशाको तरङ्ग पैदा भएको बताउँदै कम्युनिष्ट आन्दोलन र राष्ट्रियता जोगाउन भुसालले जस्तै नेकपा एकीकृत समाजवादी पार्टीमा एकताबद्ध हुन देशभक्त कम्युनिष्टहरूलाई आह्वान गर्नुभयो ।
यसअघि आजै अर्याल होटल बानेश्वरमा आयोजित कार्यक्रममा नेता भुसालले आफू नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको घोषणा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नेता भुसालले नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक रुपमा ठिक ठाँउमा रहेको र आजको दिनमा हिजोको नेकपाको सच्चा उत्तराधिकारी भएकाले समाजवादी क्रान्तिका लागि नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने निर्णय गरेको बताउनु भयो ।  उहाँले भन्नुभयो – “अव हामी दश पन्ध्र वर्षको समाजवादी क्रान्तिको ठोस कार्यक्रम बनाएर अघि बढ्छौ । कसैको विशेषाधिकार नभएको संगठन निर्माण गर्दै लोकतान्त्रिक विधि प्रकृया र संस्थागत निर्णयबाट चल्ने एकीकृत कम्युनिष्ट पार्टी निर्माण गछौँ ।”

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments