कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कर्ण सिंह बुढालाई विकास नगरी भोट माग्न आएको भन्दै गाउँलले लखटेका छन् । कोहलपुर नगरपालिकाका वडा नम्बर २ मा पहिलो निर्वाचनमा नेकपा एमालेबाट जितेका थिए । फेरी नेकपा एमालेबाट नै पुनः टिकट पाएपछि भोट माग्न गएका बुढालाई विकास नगरी भोट माग्न आउनै भन्दै लखटेका हुन् । शुक्रबार घरदैलो अभियानमा बेलुकी करिब ७ बजेतिरको समयमा उनलाई गाउँलेले लखटेको स्थानीय चक्कु थारुले बताएका छन् । बैजनाथ राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै थारुले बताए:हामीलाई विकास चाहिएको हो भाषण र कागजमा घोषणा पत्र चाहिएको होइन उनले भने पहिलो चुनावमा विकास गर्छु भन्दै निकै लामो घोषणा पत्र देखाएका थिए । त्यसलाई आधारमानी हामीले चुनाव जितायौं तर होइन रहेछ, जनताले देखाएका सपना पुरा नगरी पुनः सोही विकास गर्छु भन्दा कसले विश्वास गर्छ त्यसैले हामीले लखटेका हौं ।