बाँके जिल्लाको बैजनाथ ४ रारा बस्तीमा शनिबार गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा स्थानीय कृषक सोनु भट्टराईले लगाएको चैते धान भित्र्याउन खेतमा पुग्नुभयो।
उक्त चैते धान गत बर्षदेखि खेती गर्न शुरु गरेको कृषक भट्टराईको भनाई रहेको थियो भने बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही स्थानीय जनप्रतिनिधि कृषि शाखा प्रमुख लगाएत कृषक खेतमा पुगेर धान काटेर चैते धान भित्र्याउने काम शुरु गरिएको थियो।
वडा अध्यक्ष शाहिले यसरी नै अन्य किसानहरुले चैते धानको खेती गर्न स्थानीय सरकारले किसान सँग पालिका अध्यक्ष र अन्य थुप्रै किसानमुखी योजना आर्थिक बर्ष २०७९/०८०मा लागू गरिने र धेरै भन्दा धेरै किसानहरुलाई प्रोत्साहन गर्नुका साथै आवश्यक सामाग्री उपलब्ध गराएर स्थानीय कृषि उत्पादन मार्फत बैजनाथलाई कृषिमा आत्मनिर्भर बनाउने बताउनुभयो ।