बाँकेको बैजनाथमा नेकपा एमालेले जितेपछि प्रत्येक वडाबाट बिषयगत बिज्ञ मनोनित गरि शक्तिशाली बैजनाथ गाँउ पालिका संचालन सहजिकरण समिती गठन गरिने बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनालले घोषणा गर्नुभएको छ।
बैजनाथ १ चिसापानीमा चुनावी सभालाई सम्बोधन गर्दै खनालले बाँके राष्ट्रिय निकुन्जको बफर क्षेत्र अन्य तारजाली गर्न बाँकी क्षेत्रमा तारजाली लगाउने र आवश्यकता अनुसार बैजनाथका सबै चोक चौराहामा हाईमास्क लाईट जडानको घोषणा गर्नुभएको नेकपा एमाले का युवा नेता लोकेन्द्र हमालले जानकारी दिनुभयो ।