चौथो नलगाड खेलकुद एवं सांस्कृतिक महोत्सव २०७९ मेला ब्यवस्थापन समितिका अध्यक्ष लेखराज बिष्टको अध्यक्षतामा निरन्तर तेस्रो दिन बुधबार स्थानीय लोक सांस्कृतिक झांकी सँगै स्थानीय एवं राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसँगै स्थानीयहरुको बाक्लो उपस्थितिसँगै १० औं हजार दर्शक झुमेका थिए।
स्थानीय लोक सांस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यका साथ आयोजना गरीएको महोत्सवको मुख्य प्रायोजक नलगाड नगरपालिका सह-प्रायोजक आठबिसकोट नगरपालिका भेरी नगरपालिका बारेकोट गाउँपालिका लगाएत स्थानीय ब्यापारीहरुको आर्थिक सहयोग संगै महोत्सवका आक्रशक भलिबल प्रतियोगितामा प्रथम पुरुस्कार नगत रु.१,००,०००/-एक लाख द्वितीय पुरुस्कार नगत रु.६०,०००/-साठि हजार तृतीय पुरुस्कार नगत रु ४०!०००/-चालीस हजार सहित प्रमाणपत्र प्रदान गरीने भलिबल प्रमुख रेफ्री सुदाम गौतमले बताउनुभयो ।
सांस्कृतिक महोत्सवमा नलगाड नगरपालिका १ वडाको सामुहिक लोक नृत्य ४ वडाको आमा समुहको सामुहिक लोक नृत्य ९ वडाको सिंङ्गारु नाच ५ वडाको सामुहिक ख्यालि नाच साथै नृत्याङ्गना मोनिका न्यौपाने ,राधिका बस्याल,सबिना सिंह र शुष्मा घर्तिमगर लगाएत स्थानीय खगेनकोट जनाबिकास आधारभुत बिद्यालय र क्रीयटिभ इंङ्गलिस मिडियम बोर्डिङ स्कुलका भाई बहिनिहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो भने स्थानीय कलाकार दिपक चनारा र करुणा ओलिको लोक दोहोरीमा दर्शक नृत्य गरेर मनोरंजन लिएको राष्ट्रिय लोक तथा दोहरी प्रतिष्ठान नेपाल जिल्ला शाखा निबर्तमान अध्यक्ष जय बहादुर रावलले कार्यक्रम संन्चालन गर्नुभएको सांस्कृतिक महोत्सव मुल आयोजक समिति अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।